नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लमजुङकाे संयाेजकमा रामचन्द्र पाैडेल चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सातौ पूर्ण बैठकले यस अघि पार्टीले दिएकाे जिम्मेवारी हेरफेर गर्दै पाैडेललाइ जिल्ला संयाेजककाे जिम्मेवारी दिएकाे हाे । यस अघि लमजुङ जिल्ला संयाेजकमा लालबहादुर गुरूङलाइ ताेकिएकाे थियाे ।
प्रदेश कमिटी वैठकले लमजुङ जिल्ला इन्चार्जमा आशा कोईरालालाइ जिम्मेवारी दिएकाे छ । यस अघि लमजुङ जिल्ला इन्चार्जमा पारसमणि पाेडेललाइ जिम्मेवारी दिइएकाे थियाे ।
नवनियक्त जिल्ला समन्वय संयाेजक पाैडेल यस अघि जिल्ला कमिटीकाे सचिव थिए ।
नेकपा माओवादी केन्द्रले अहिले "जनतासंग माओवादी बिशेष रूपान्तरण अभियान" सञ्चालनन गरिरहेकाे छ । "घरघरमा माओवादी, जनजनमा माओवादी" भन्ने नाराका साथ शुरू यस अभियान अन्तर्गत पार्टी सदस्य संख्या ८ लाख पुर्याउने लक्ष्य राखिएकाे छ । यस अभियान अन्तर्गत २५ लाख मतदातासंग प्रत्यक्ष भेट गरी माओवादी नेतृत्वकाे सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायकाे क्षेत्रमा गरेकाे कामकाे बारेमा जानकारी गराउने लक्ष्य राखिएकाे छ ।
यस अभियानका लागि केन्द्रीय सदस्य रहेका नेताहरूलाइ सबै पालिकामा खटाइएकाे छ । त्यस्तै प्रदेश कमिटीका सदस्यहरूलाइ वडा वडामा खटाइएकाे छ । यही क्रममा जिल्ला संयाेजक र जिल्ला इन्चार्जकाे जिम्मेवारीसमेत हेरफेर गरिएकाे नेकपा माओवादी केन्द्र लमजुङका कार्यालय सचिव हरिजंग तामाङले जानकारी दिए ।
जिल्ला समन्वय संयाेजक ताेकिएका पाैडेलले याेंग कम्युनिष्ट लिग नेपाल लमजुङकाे अध्यक्षसमेत भइ काम गरिसकेका छन् । उनी लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ६ भाेर्लेटारका निबासी हुन् ।