बेसीशहर, असार १२ गते । गएरातीकाे पहिराेमा परी हराइरहेका लमजुङकाे क्व्होंलासोथार गाउँपालिका वडा नं. ३ बगुमका रुद्रमान गुरूङकाे शब भेटिएकाे छ ।
गएराती मध्यरातमा गएकाे पहिराेमा परी ४ जना बेपत्ता भएकामा बुधवार बिहान खाेजी गर्दा ६९ बर्षका रूद्रमानकाे शब घर नजिकै पहिराेमा पुरिएकाे अवस्थामा फेला परेकाे क्व्होंलासोथार गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष आशबीर गुरूङले जानकारी दिए ।
तस्वीर साैजन्यः गंगा घले
पहिराेमा परेर बेपत्ता भएकाहरूकाे बिहान सबेरैदेखि स्थानीयले प्रहरीकाे सहयाेगमा खाेजी गरिरहेका छन् । पहिराेमा परेर बेपत्ता भएकाहरूकाे खाेजी तथा उद्धारका लागि मालिङ प्रहरी चाैकीबाट प्रहरीहरू घटनास्थलमा खटिएका छन् । क्व्हाेंलसाेंथार वडा नं. ३ मा पर्ने घलेगाउँ, बगुम, फुल्म्राे, खगुम लगायतका गाउँका बासीन्दाहरू अहिले घटनास्थलमा जम्मा भएर खाेजी कार्यमा जुटेका वडाध्यक्ष गुरूङले बताए ।
तस्वीर साैजन्यः गंगा घले
उनका अनुसार रूद्रमानकाे घर पछाडिकाे ढिस्काे भत्केर पहिराे गएकाे थियाे । पहिराेले तीनवटा घर बगाएर तीनसय मिटर तलसम्म पुगेकाे र अहिले पनि बर्षा भइरहेकाले खाेजी कार्यमा कठिनाइ भइरहेकाे वडाध्यक्ष गुरूङले जानकारी दिए ।
पहिरोमा परी रुद्रमानकी बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ७ वर्षीया इच्छा र ५ वर्षकी नम्रता पहिरोमा परी बेपत्ता भएका छन । सोही पहिरोमा परेर ३७ बर्षका भीमबहादुर घले घाइते भएका छन् । स्थानीयका अनुसार भीमबहादुरको घर बगाएपनि उनी खोपीतिर सुतेका कारण बच्न सफल भएका हुन् ।
तस्वीर साैजन्यः गंगा घले
वडाध्यक्ष गुरुङका अनुसार रुद्रमानकी श्रीमती लिलाकुमारी र पञ्चकुमारीका छोरा ९ वर्षीय निरज गएराती छिमेकीको घरमा सुत्न गएकाले बाँचेका छन् ।
गएरातीकाे पहिराेमा परी दाेर्दी गाउँपालिका वडा नं. ९ सुनार गाउँका विकल वि.ककाे मृत्यु भएकाे छ ।
सम्बन्धित खबर
लमजुङकाे हिलेटक्सारमा पहिराेमा परी १ काे मृत्यु, क्व्हाेंलसाेंथारकाे बगुममा ४ जना बेपत्ता
मिलन शर्मा दनाई