साेतीपसल । लमजुङकाे मध्यनेपाल नगरपालिकाका भूमिहीनहरूले अब जग्गा पाउने भएका छन् । राष्ट्रिय भूमि अायाेग लमजुङले जग्गा प्राप्तिका लागि निवेदन दिइ प्रमाणीकरण भएका भूमिहीनहरूलाइ निस्सा वितरण गरेपछि भूमिहीनहरूले जग्गा पाउने करीब पक्का भएकाे छ ।
वडा कार्यालयले यस अघीनै सूचना जारी गरेर वडामा रहेका अव्यवस्थित, भूमिहिन , दलित तथा पिछडा वर्गलाई आ आफुले बसेको जमिनको अवस्थाको बारेमा निवेदन दिन भनेर आह्वान गरेको थियो । त्यहि सूचनाका आधारमा वडाका भूमिहिन , सुकुम्बासीहरुले फारम भरेका थिए । उनीहरूले भरेकाे फर्मलाई कम्प्यूटरमा प्रविष्ठ गरिएपछि त्यो प्रविष्ठ नम्बर अर्थात निस्सा वितरण गरिएको हाे ।
मध्यनेपाल नगरपालिका अन्तर्गत जग्गा प्राप्तिका लागि निवेदन दिएकाहरु मध्ये वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुलाई अभिमुखिकरण सहित निस्सा वितरण गरेको हो । राष्ट्रिय भूमी आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीको विशेष उपस्थितीमा मध्यनेपाल–२, सोतीपसलमा एक कार्यक्रम गरि भूमिहीन परिवारलाई निस्सा वितरण भएको हो ।
मध्यनेपाल नगरपालिका अन्तर्गत पाँचवटा वडामा भूमिहीनहरूले दिएकाे निवेदन र नगरपालिकाकाे प्रमाणीकरण पछि उनीहरूलाइ निस्सा वितरण गरिएको राष्ट्रिय भूमी आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए । मध्यनेपालका अन्य वडाहरुबाट प्राप्त निवेदन अद्यावधिककै क्रममा छन् । यी निवेदन उपर जेठ महिनाभित्रै कारबाही गरी निस्सा वितरण गर्ने तयारी गरीएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहिन दलित र भूमिहिन सुकुम्बासी गरी तिन प्रकृतिको लगत संकलन गरेको थियाे । भूमी सम्वन्धी समस्या समाधान आयोगका इकाई मार्फत निवेदन संकलन गरिएपनि लालपुर्जा प्राप्तीका प्रावधानहरुबारे बुझाई कम भएकोले अभिमुखिकरण समेत गरीएको अध्यक्ष अधिकारीले बताए । राष्ट्रिय भुमि आयोग लमजुङका अध्यक्ष अधिकारीका अनुसार मध्यनेपाल–१ मा भुमिहिन दलित एकजना र भुमिहिन सुकुम्बासी दुईजनालाई निस्सा वितरण भएको छ ।
त्यसैगरी वडा नम्वर ३ मा भुमिहिन दलित एकजना र अव्यवस्थीत बसोबासी आठ जनालाई निस्सा वितरण भएको छ । त्यसैगरी वडा नम्वर ४ मा भुमिहिन दलित तीनजना, सुकुम्बासी चारजना र अव्यवस्थीत बसोबासी नौजनालाई निस्सा वितरण भएको छ भने वडा नम्वर ५ मा अव्यवस्थीत बसोबासी चारजनालाई निस्सा वितरण गरिएकाे छ । प्राप्त जानकारी अनुसार जग्गाप्राप्तीका लागि मध्यनेपालकाे वडा नम्वर २ मा कसैले पनि निवेदन दिएका छैनन्। वडा नंं १ मा अव्यवस्थीत बसोबासीमा कसैकाे निवेदन परेको छैन । वडा नम्वर ३ मा भुमिहिन सुकुम्बासीमा कसैकाे पनि निवेदन नपरेकाे र वडा नम्वर ५ मा भुमिहिन दलित र भूस्महिन सुकुम्बासीमा कुनैपनि निवेदन नपरेको अध्यक्ष दामाेदर अधिकारीले बताए ।