बेसीशहर, साउन ३ गते । बर्षाले पर्खाल भत्किएपछि जोखिममा रहेका लमजुङ कारागारका वन्दीहरुलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।
गत असार ३० गते बर्षाका कारण कारागारको वन्दीगृहको मूलगेट रहेको पर्खाल भत्किएको थियो । २०२८ सालमा निर्माण भइ हाल जीर्ण अवस्थामा रहेको उक्त कारागारमा कैदी वन्दीहरुलाई राख्दा थप जोखिम हुने देखिएपछि उनीहरुलाई शनिबार अन्यत्र स्थानान्तरण गरिएको हो ।


३५ जना कैदी राख्ने क्षमताको लमजुङ कारागारमा ६ जना महिलासहित १ सय ८ जना कैदी बन्दी थिए । जिल्ला प्रहरी कार्यालयका हिरासतमा रही कारागार चलान गर्न बाँकी रहेका थप एकजनासमेत गरी १०९ जनालाई कारागार ब्यवस्थापन विभागको निर्णय अनुसार शनिबार तनहुँको दमौली कारागार र कास्की कारागारमा पठाइएको हो ।
कारागारका जेलर बेनीबहादुर मोक्तानले ६ महिला र २५ जना पुरुष गरी ३१ जनालाई दमौली कारागारर बाँकी ७८ जना कैदी वन्दीहरुलाई पोखरास्थित कास्की कारागारमा स्थानान्तरण गरिएको छ ।

जीर्ण अवस्थामा रहेको लमजुङ बुधबार भत्किएपछि कारागार प्रशासनले जोखिमबारे विभागमा जानकारी गराएकोमा विभागले कैदी वन्दीको स्थानान्तरण गर्ने निर्णय गरेको हो । जस अनुसार सुरक्षाकर्मीको स्कर्टिङमा चार वटा बस र एउटा माइक्रो बसमा राखेर दमौली र पोखरा पठाइएको प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
खबरकुञ्ज