रामबजार, असोज १७ गते । बडादशैं घरघरमा भित्रिसकेको बेला मध्यनेपाल नगरपालिकाको वडा नं ७, करापुटारस्थित गोमती युवा क्लबले वडाका विभिन्न स्थानमा सरसफाइ गरेको छ ।
दशैं भित्रिएसंगै गाउँघरका गल्ली, मन्दिर, चौतारा लगायतका सार्वजनिक स्थलको समूहिक सरसफाइ गर्ने परम्परागत संस्कृतिको अनुसरण गर्दै क्लवले बिहीबार वडाका विभिन्न भागमा सरसफाई अभियान सञ्चालन गरी गाउँघर चिटिक्क पारेको हाे ।
सके सफा गरौं नसके फोहोर पनि नगरौं भन्ने सन्देश दिँदै क्लवले आफ्ना सदस्यहरु र स्थानीयलाई सरसफाई अभियानमा जुट्न आह्वान गरेको थियो । जस अनुसार बिहीबार क्लवका पदिाधिकारी, सदस्य एवं स्थानीयको संयुक्त सहभागितामा वडा नंं ७ को मुख्य सडक, ईशानेश्वर महादेव मन्दिर, गौरी कुण्ड, पार्वती मन्दिर, गणेश मन्दिर र चौतारामा बिहीबार सरसफाइ अभियान सञ्चालन गरिएको क्लवले जनाएको छ ।


3 Oct 2024
खबरकुञ्ज