सुन्दरबजारका २३ जना भूमिहीन दलित र सुकुम्बासीले पाए लालपूर्जा

सुन्दरबजार । लामो प्रतिक्षापछि लमजुङको सुन्दरबजार नगरपालिकाका २३ जना भूमिहीन दलित र सुकुम्बासीले जग्गा धनि प्रमाण पूर्जा हात पारेका छन् । 

लमजुङको सुन्दरबजार नगरपालिकाको कार्यालयमा एक समारोहीबीच शुक्रबार ती भूमिहीन दलित र सुकुम्बासीले जग्गाको लालपूर्जा पाएका हुन् । बर्षौंदेखि जग्गा पाउने आशामा बसेका भूमिहीन दलति र सुकुम्बासी लामो प्रतीक्षापछि जग्गाको लालपूर्जा पाएपछि निकै खुशी भएका छन् । 


राष्ट्रिय भूमि आयोगबाट सुन्दरबजार नगरपालिकामा हालसम्म पहिचान भएका ४७ जना भूमिहीन दलित तथा सुकुमबासी मध्य २३ जनालाई शुक्रबार जग्गा धनि पूर्जा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले ती भूमिहीनहरुलाई  जग्गा धनी प्रमाण पूर्जा वितरण गरेका हुन् । 

सो अवसरमा बोल्दै उनले जिल्लाका अन्य पालिकाका भूमिहीनहरुलाई पनि छिटै लालपूर्जा वितरण गरिने आश्वासन दिए । उनले देशभरका भूमिहीन दलित र सुकुम्बासीहरुको समस्या समाधानका लागि भूमि आयोग लागि परेको बताए ।


राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारीले सुन्दरबजारमा पहिचान भएका ४७ मध्ये २३ जनालाई जग्गा धनि पूर्जा वितरण गरिएको र पूर्जा पाउन बाँकी रहेका अन्य  भूमिहीनहरुलाई पक्रिया पूरा गरेर निकट भविष्यमै पूर्जा वितरण गरिने जानकारी दिए ।

अध्यक्ष अधिकारीका अनुसार सुन्दरबजार नगरपालिकाको वडा नं. ७ का १२ जना र वडा नंं ८ का ११ जनाले जग्गा धनि पूर्जा पाएका छन् ।

आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारिको अध्यक्षता भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य उर्मिला माझि पौडेल, जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सुन्दर बजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोईराला, राईनास नगरपालिकाका मेयर खड्क बहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका  उप प्रमुख भवानी के.सी., भूमि आयोग जिल्ला समितिका सदस्यहरु,  विभिन्न कार्यालयका प्रमुख, जनप्रतिनिधि, नगर तथा वडा सहजिकरण समितिका सदस्यहरु, जिल्ला तथा नगर स्तरीय राजनैतिक दलका प्रमुख एवंम प्रतिनिधिहको सहभागिता थियो ।


कार्यक्रममा भूमि आयोग जिल्ला सदस्य रबिन्द्र अधिकारी, नापी कार्यालयका सर्भेक्षक तथा नापी टोलि नं १ टोलि प्रमुख पुरुषोत्तम देबकोटा, सुन्दरबजार नगरपालिका अमिन तथा नापी टोलि सदस्य सुसन न्यौपाने र कम्प्युटर अपरेटर बिराट न्यौपाने ले भर्पाई गर्न सहजिकरण  गरेका थिए ।


प्रतिक्रिया