बसाइसराइ र यसकाे प्रभावबारे अध्ययन गर्न भुटानी सांसदहरूकाे टाेली लमजुङमा

मिलन शर्मा दनाई

बेसीशहर फागुन १६ गते । सुविधा खाेज्ने क्रममा गाउँघरबाट बसाइँ सराइ बढ्दाे क्रममा छ । यसबाट परेकाे असर र न्यूनिकरणका लागि भएका प्रयासका बारेमा अध्ययन गर्न भुटानी सांसदहरूकाे एक प्रतिनिधि मण्डल लमजुङ इपुगेकाे छ ।

भुटानकाे राष्ट्रिय सभा नेशनल काउन्सील अफ भुटानका अध्यक्षसहित ५ जना सांसदकाे टाेली लमजुङ इपुगेकाे हाे । याे टाेलीले बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालसहितका जनप्रतिनिधिहरूसंग बसाइँ सराइ र यसले पारेकाे प्रभाव तथा बसाइ सराइ राेकथामका लागि नेपाल र भुटानमा भएका प्रयासबारे छलफल गरी अनुभव आदनप्रदान गरेका हुन् ।


नेशनल काउन्सील अफ भुटानका अध्यक्ष सांगे दाेर्जीकाे नेतृत्वमा आएकाे भुटानी सांसदहरूकाे प्रतिनिधि मण्डलले बेसीशहर नगरपालिकाका मेयरसहित जनप्रतिनिधसंग मंंगलबार अन्तरक्रिया गरी दुवै देशमा बसाइँ सराइ साझा समस्याकाे रूपमा रहेकाले राेकथामका लागि के के गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया गरेका हुन् ।


अन्तरक्रियाका क्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले  शिक्षा, स्वास्थ्यकाे उचित ब्यवस्था नहुँदा गाउँबाट शहरी क्षेत्रमा बसाइँ सराइ बढ्दाे क्रममा रहेकाे भए पनि साधन श्राेतकाे अभाव र भाैगाेलिक अवस्थितिले गाउँघरमा यथाेचित  विकास गर्न नसकिएकाेले बसाइँ सराइ राेक्न नसकिएकाे बताएका थिए ।

भुटानी प्रतिनिधि मण्डलले पनि बसाइँ सराइकाे समस्या भुटानमा पनि विकराल बन्दै गएकाेले यसलाइ राेक्न नेपालमा भएका प्रयासबारे अध्ययन गर्न अाफूहरू नेपाल अाएकाे जानकारी गराए । उनीहरूले भुटानका ग्रामीण क्षेत्रबाट बसाइँ सराइ राेक्न कृषि क्षेत्रमा अनुदान, वातावरण संरक्षणका काम र ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र राेजगारकाे क्षेत्रमा सरकारले लगानी गरेकाे जानकारी गराएका बेसीशहर नगरपालिकाका प्रवत्ता हिरा विश्वकर्माले जानकारी दिए ।


यसैबीच भुटानी प्रतिनिधि मण्डलले बेसीशहरकाे वडा नं. ११ चितीमा पुगी त्यस क्षेत्रमा बसाइँ सराइकाे अवस्थाबारे समेत जानकारी लिएकाे थियाे । बेसीशहर नगरपालिका ११ का वडा अध्यक्ष शिवप्रसाद जाेशी लगायत स्थानीयले भुटानी प्रतिनिधि मण्डलकाे भब्य स्वागत गरेका थिए ।

उक्त प्रतिनिधि मण्डलले चितीकाे तिलाहार बजार आसपासमा बसाइँ सराइकाे प्रभावबारे स्थलगत अध्ययन समेत गरेका थिए । उनीहरूले बसाइ सराइले रित्तिएका चितीका केही घरहरूकाे समेत अबलाेकन गरेका वडा अध्यक्ष जाेशीले जानकारी दिए ।

बेसीशहरबाट फर्कदा बेसीशहरका जनप्रतिनिधिहरूले नेपाली ढाका टाेपी लगाएर भुटानी सांसदहरूकाे विदाइ गरेका थिए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) काे सहयाेगमा भुटानी सांसदहरूकाे टाेली नेपाल एकाे हाे । याे संस्थाले नेपालसहित भुटान, अफगानिस्तान, चीन, पाकिस्तान, बंगलादेश र भारतमा पर्ने हिन्दूकुश हिमालयका महिला, पुरुष तथा बालबालिकाका जीवन तथा जीविकोपार्जनमा सुधार ल्याउन र पर्वतीय वातावरण तथा संस्कृतिको जगेर्ना गर्न कार्यरत छ । 


प्रतिक्रिया