दाेर्दीका ५ वटा खाेलाहरूमा ५० हजार माछाका भुरा छाेडियाे

बेसीशहर । लमजुङको दोर्दी गाँउपालिकाले गाँउपालिकाले पालिकाभित्रका नदी तथा खाेलाहरूमा ५० हजार माछाका भुरा छाेडेकाे छ ।

दोर्दी कोरिडोरमा संचालित विभिन्न जलविद्युत अायाेजनाहरूकाे आर्थिक सहयोगमा त्यहाँका दोर्दी, किसेदी, छ्याङ्दी र प्यार्दी खोलामा माछाको भुरा छाेडिएकाे हाे । बाढी पहिराे, अनाधिकृत रूपमा बिषादी, करेण्टकाे प्रयाेग गरी माछा मार्ने आदि कारणले खाेलाहरूमा माछाकाे संख्या घट्दाे क्रममा रहेकाे र यसबाट इकाेसिस्टममै प्रभाव पर्ने भएकाले दाेर्दी करिडाेरमा सञ्चालन भएका विभिन्न ५ वटा जलविद्युत आयाेजनाहरूसंगकाे समन्वयमा खाेलाहरूमा माछाका भुरा छाडिएकाे जानकारी दिए ।

खाेलामा माछाका भुरा छाेड्नु अघि आयाेजित एक कार्यक्रममा अध्यक्ष अधिकारीले खाेलाका माछाहरूकाे संरक्षणका लागि सबै लागि पर्नु पर्ने भन्दै खाेलामा माछा मार्ने नाममा करेन्ट लगाउने, बिषादी प्रयाेग गर्नेहरूलाइ कडा कारबाहि गरिने चेतावनी दिँदै जिविकाेपार्जनका लागि खाेलामा बल्छी वा जाल हान्न भने छुट दिइने उनले बताए ।

उनका अनुसार खाेलाहरूमा असला, रौ र नैनी प्रजातिका माछाको भुरा छाेडिएकाे छ । 


प्रतिक्रिया