ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितिमा नयाँ नेतृत्व चयन

खबरकुञ्ज

बेसीशहर, पुस ७ गते । मध्यनेपाल नगरपालिकाको वडा नं. ७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिर क्षेत्र बिकास समितिले नयाँ नेतृत्व पाएको छ । 

ईशानेश्वर महादेव मन्दिर परिसरमा शनिबार सम्पन्न सम्पन्न पाचौ अधिबेशनले गुणराज घिमिरेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले चार जना उपाध्यक्ष, एक जना महासचिव, एकजना सचिव, एक जना कोषाध्यक्ष र ६ जना सदस्य सर्वसम्मत रुपले चयन गरेको हो ।

मध्यनेपाल नगरपालिकाका नगरप्रमसख रमेश कुमार पाण्डेको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले क्षेत्र विकास समितिको वरीष्ठ उपाध्यक्षमा लक्ष्मण विश्वकर्मा, दलित उपाध्यक्षमा जीतबहादुर विश्वकर्मा, जनजाति उपाध्यक्षमा भीमबहादुर भुजेल, महिला उपाध्यक्षमा राज्यलक्ष्मी सोती चयन गरेको छ ।

त्यस्तै महासचिवमा नवराज घिमिरे, सचिवमा देवेन्द्र सिंह घिमिरे, कोषाध्यक्षमा सुर्यनाथ घिमिरेलाई चयन गरेको छ । सदस्यहरुमा रविचन्द्र घिमिरे, कृष्णमुरारी घिमिरे, दीपक घिमिरे, सुकबहादुर विश्वकर्मा, कृष्णप्रसाद घिमिरे, पुष्पराज घिमिरे, केशवराज अधिकारी र माधव अधिकारी चयन भएका छन् । 

अधिवेशनले रामचन्द्र साेतीकाे संयाेजकत्वमा शशिराज घिमिरे र हरिकृष्ण घिमिरे सदस्य रहेकाे तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेकाे छ ।

क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।


प्रतिक्रिया