काठमाडाैं, बैशाख १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।
तेस्राे पटक प्रधानमन्त्री बनेका प्रचण्ड नयाँ सरकारकाे नेतृत्व गरेपछि पहिलाे पटक विदेश भ्रमणमा जान लागेका हुन् । उनी नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आज दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्ने छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत रहेका छन् ।
साेमबार संसदमा उनले अाफ्नाे याे भ्रमणले दुइदेशबीचकाे सम्बन्ध प्रगाढ बनाउने र विश्वासकाे वातावरण निर्माणमा महत्वपूर्ण हुने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबाेल गजुरेलले प्रधानमन्त्रीकाे भारत भ्रमणले विगत केही बर्षयता दुइ देशबीच देखिएकाे सम्बन्धकाे उतारचढावलाइ सहजीकरण गर्ने बताएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका बिषयमा भारतीय पक्षसंग छलफल हुने छ । पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत भ्रमणका अबसरमा छलफल हुने मन्त्री साउदले जानकारी दिएका छन् ।
भारतकाे भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री प्रचण्डलाइ भारतले नयाँ संसद भवनमा नेपालकाे नक्सासमेत समावेश गरी राखिएकाे अखण्ड भारतको नयाँ नक्साका बिषयमा समेत कुरा गर्न नेताहरूले सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।