पेट्राेलियम पदार्थकाे मूल्य घट्याे, अब स्वचालित मूल्य प्रणाली लागू हुने

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले डिजेल, पेट्राेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य घटाएकाे हाे ।

निगमले डिजेलकाे मूल्यमा प्रतिलिटर ४ रूपैयाँ र पेट्राेलकाे मूल्यमा प्रतिलिटर ६ रूपैयाँ घटाएकाे हाे । त्यस्तै खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रति सिलिण्डर १० रूपैयाँ घटाएकाे छ ।

 निगमले अबदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएकाे छ । नेपालमा भारतबाट मूल्य बढेर आउँदा पेट्राेलियम पदार्थकाे मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ । 

मूल्य घटेसंगै अब काठमाडाैं उपत्पकामा खाना पकाउने ग्याँसको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।


प्रतिक्रिया