चामे (मनाङ), चैत १८ गते । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, लमजुङ्ग/मनाङ्गको आयोजनामा स्याउ जोन अन्तर्गत मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ गाँउपालिका वडा नं. १ पिसाङमा “स्याउ वालीको उन्नत खेती प्रविधि तथा बगैंचा व्यवस्थापन“ सम्बन्धि ३ दिने जिल्लास्तर तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिममा उच्च घनत्व स्याउ खेतीमा आवद्द मनाङ्ग ङिस्याङ गाँउपालिकाका १६ जना, चामे गाँउपालिकाका २ जना र नासो गाँउपालिकाका २ जना कृषकहरु सहभागी थिए ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, लमजुङ्ग÷मनाङ्गका कार्यालय प्रमुख पद्मनाथ आत्रेय, कृषि तथा पशुपन्छी विकास कार्यालय मनाङ्गका निमित्त प्रमुख शंकर पौडेल र स्याउ जोन मनाङ्गकी नायव प्राविधिक सहायक अनिता लामाले प्रशिक्षण दिएका थिए ।


कुल १२ कक्षामा समावेश गरिएको तालिममा सैद्धान्तिक भन्दा बढी ब्यवहारिक ज्ञानमा जोड दिइएको थियो । किसानहरुलाई फिल्डै लगेर पूर्ण रुपमा सघन स्याउ खेती प्रविधिमा आधारित ब्यवहारिक ज्ञान दिइएको प्रमुख प्रशिक्षक आत्रेयले जानकारी दिए ।
तालिमका क्रममा उच्च घनत्व स्याउ खेतिको लागि जग्गाको छनौट तथा तयारी, खाडल खन्ने, विरुवा रोपण, तालिम तथा काँटछाँट, ट्रेलेसिङ्ग सिस्टम, सिंचाई तथा मलखाद व्यवस्थापन, रोग कीरा व्यवस्थापनका साथसाथै गुणस्तरिय विरुवा उत्पादन र विरुवा प्रसारणका विभिन्न तरिकाहरुका व्यवहारिक कक्षाहरु सञ्चालन गरिएको प्रमुख प्रशिक्षक आत्रेयले जानकारी दिए ।




तालिमको जिल्ला समन्वय समिति मनाङ्गका प्रमुख चिन वहादुर घलेले गरेका थिए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, लमजुङ्ग÷मनाङ्गका कार्यालय प्रमुख पद्मनाथ आत्रेयको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथिका रुपमा मनाङ ङिस्याङ गाँउपालिकाका अध्यक्ष कान्छा घले र अतिथिका रुपमा उपाध्यक्ष् छिरिङ गुरुङ्ग र विभिन्न वडाका अध्यक्षहरु उपस्थित थिए ।
तालिम समापनका अवसरमा सहभागी किसानहरुले तालिम व्यवहारिक रुपमा सञ्चालन भएकोले अत्यन्त प्रभावकारी भएको बताएका छन् । उनीहरुले मनाङ्गको स्याउ उत्पादनलाई थप उचाईमा पु¥याउन यस्ता तालिम अत्यन्त उपयोगि हुने भएकाले समय समयमा तालिम सञ्चालन गर्न अनुरोध गरेका थिए । सहभागीहरुले स्याउ जोन लमजुङ्गवाट नभइ मनाङ्गवाटनै सञ्चालन हुनुपर्नेमा पनि जोड दिएका थिए ।
खबरकुञ्ज