काठमाडौं । पेट्राेल र डिजेलकाे मूल्य गएरातीदेखि घटेकाे छ । नेपाल आयल निगमले गएराती १२ बजेबाट लागू हुने गरी पेट्रोल र डिजेलकाे मूल्य घटाएको हाे ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएकाे छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यका, पाेखरा लगायत पहाडी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ कायम गरिएकाे छ । यस अघि यी क्षेत्रमा पेट्राेल प्रति लिटर १८३ र डिजेलकाे मूल्य प्रति लिटर १७३ रूपैयाँ कायम थियाे ।
16 Oct 2023