नेपालले जित्याे यू-१९ प्रिमियर कपको उपाधि

काठमाडौं । नेपालले यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई १९ रनले हराउँदै  उपाधि जितेकाे हाे ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा डकवर्थ लुइस मेथडमा भएको खेलमा नेपालले युएइलाइ १९८ रनको लक्ष्य दिएकाेमा यूएई २६.५ ओभरमा अलआउट भएपछि नेपाल १९ रनले विजयी भएको हो ।

नेपालका लागि कप्तान देव खनालले शतक बनाए । खराब शुरूवात गरेकाे नेपालले १४ रन जोड्दा २ विकेट गुमाइ सकेकाे थियाे । त्यसपछि क्रिजमा गएका कप्तान देव खनालले ९० बलमा शतक पूरा गरे ।

खेलमा उत्तम थापा मगरले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका लागि दिपकप्रसाद डुम्रेसँग ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए । 

खेलमा यूएईका हरित शेट्टीले पाँच विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै युएइलाइ २८१ रनकाे लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा मैदान उत्रिएकाे युएइकाे खेल  बर्षाले प्रभावित भएपछि खेललाइ २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियाे । उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका खेलाडीले १७८ रन मात्र बनाउन सके । युएइका लागि परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

खेलमा नेपालका बलर आकाश त्रिपाठीले ४ बिकेट लिए । त्यस्तै सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट हात पारे ।

यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुन: सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

प्रतिक्रिया