सर्वोच्च अदालतले समेत सदर गर्याे रेशम चौधरीको जन्मकैद फैसला

काठमाडौँ, जेठ २ गते । 

सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डका दाेषी भनिएका रेशमलाल चौधरीको जन्मकैदको फैसला सदर गरेको छ । मंगलबार सर्वाेच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चाैधरीलाइ जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसलालाइ सदर गरेको छ । 

सर्वोच्च अदालतले उच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीकाे जन्मकैदको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा ३ वर्षको मात्रै कैद सजाय हुने फैसला सुनाएकाे छ । प्रतिवादी सिताराम चौधरी र गंगाराम चौधरीलाई अदालतले सफाई दिएको छ ।

यस अघि यी दुवैजनालाइ उच्च अदालत दिपायलले जन्मकैद हुने फैसला गरेकाे थियाे ।

सर्वोच्च अदालतले जारी गरेको संक्षिप्त आदेशमा तीनजनाको हकमा फैसला उल्टिए पनि अन्य प्रतिवादीहरुको हकमा उच्च अदालत दिपायलकै फैसला सदर गरेको छ । 

सर्वोच्च अदालतको फैसलासँगै टीकापुर काण्डका मुख्य अभियुक्त भनिएका रेशमलाल चौधरीलाई २० वर्ष कैद सजाय पक्का भएकाे छ । उनलाइ २०७४ फागुन १४ गतेबाट कारागारमा राखिएकाे हाे । 

याे घटनाका एकजना प्रतिवादी लक्ष्मण थारु चौधरी अझै फरार छन् । अदालतले उनलाइ तीन वर्ष थुनामा राख्ने अादेश गरेकाे छ । 

प्रतिक्रिया