चिसंखु स्वास्थ्य चाैकीलाइ एम्बुलेन्स हस्तान्तरण, गरिब र निमुखाले निःशुल्क पाउने

भाेर्लेटार, जेठ १ गते ।
लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ७ मा रहेकाे चिसंखु स्वास्थ्य चाैकीबाट एम्बुलेन्स सेवा शुरू हुने भएकाे छ ।
काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाले मध्यनेपाल नगरपालिकालाइ हस्तान्तरण गरेकाे एम्बुलेन्स अाइतबार एक समाराेहबीच चिसंखु स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरिएकाे हाे । मध्यनेपाल नगरपालिकासंग भगिनी सम्बन्ध बनाएकाे काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकाले उपहार स्वरूप एम्बुलेन्स उपलब्ध गराएकाे थियाे । मध्यनेपाल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा काम गरी काठमाडाैंकाे गाेकर्णेश्वर नगरपालिकामा सरूवा भइ गएका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकाेटाकाे पहलमा मध्यनेपाल नगरपालिका र गाेकर्णेश्वर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएकाे छ । प्रमुख प्रशासकीय अधिकृत सापकाेटाकै पहलमा गाेकर्णेश्वर नगरपालिकाले मध्यनेपाल नगरपालिकालाइ एम्बुलेन्स उपहार दिएकाे हाे ।
May be an image of 5 people, jeep, car and text
अाइतबार भाेर्लेटारमा एक कार्यक्रमबीच गाेकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकाेटाले मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेलाइ एम्बुलेन्स हस्तान्तरणा गरेका थिए । अाइतबार नै नगरप्रमुख पाण्डेले उक्त एम्बुलेन्स चिसंखु स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरेका हुन् । चिसंखु स्वास्थ्य चाैकीका ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ७ का अध्यक्ष हिरा गुरूङलाइ एम्बुलेन्स हस्तान्तरण गरेका मध्यनेपालकाे स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पाैडेलले जानकारी दिए ।
एम्बुलेन्स पाएपछि मध्य नेपाल नगरपालिकाले नगरभित्रका गरीब र निमुखा जनतालाइ  उक्त एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने घाेषणा गरेकाे छ । नगरपालिकाकाे याे घाेषणालाइ स्थानीयले स्वागत गर्दै एम्बुलेन्स सेवालाइ जनसेवामुखी बनाउन अाग्रह गरेका छन् ।

प्रतिक्रिया