काठमाडाैं, बैशाख ८ गते । नक्कली र तीन तीनवटा फरक नागरिकता लिएकाे भनिएका नेपालकै प्रमुख मिडिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया पक्राउ परेपछि देशैभर तरङ्ग उत्पन्न भएकाे छ । कांग्रेस लगायत राजनीतिक दलका नेता देखि पत्रकार सबैले उनकाे गिरफ्तारीकाे बिराेध गरिरहेका छन् ।
सिराेहिया स्वयंले कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेकाे भनि समाचार प्रकाशन गरेकाेमा त्यसैकाे प्रतिशाेधमा मलाइ गिरफ्तार गरियाे भनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर काेइराला, महामन्त्री गगन थापाले पनि उनकाे गिरफ्तारीलाइ सहकारी ठगीसंग जाेडेका छन् ।
नेपाल पत्रकार महासंघ सहित नेपालका प्रमुख छापा सञ्चार माध्यमहरूले भने सिराेहियाकाे गिरफ्तारीलाइ प्रेस स्वतन्त्रतासंग जाेडेका छन् । उनकाे गिरफ्तारीले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रता हनन भएकाे भन्दै प्रमुख सञ्चार माध्यमहरूले बुधवारकाे अंकमा सम्पादकीयबाट समेत विराेध जनाएका छन् ।
वास्तवमा कैलाश सिराेहियाकाे गिरफ्तारी गृहमन्त्री रवि लामिछानेले प्रतिशाेध साँधेकाे कारण भएकाे हाे त ? यस बिषयमा भने बहस भएकाे देखिदैन । गृहमन्त्री रवि लामिछाने बिरूद्ध कान्तिपुर दैनिकले सहकारी ठगेकाे भन्दै मुख्य पृष्ठमै पटक पटक समाचार प्रकाशन गरेकाे थियाे । मंगलबारसमेत उनी सहकारी ठगीमा मुछिएकाे भन्दै कान्तिपुरले समाचार प्रकाशन गरेकाेमा साेही दिन नै उनी पक्राउ परेका हुन् । कतिपयले कान्तिपुरले रवि विरूद्ध लेखेकाे समाचारकाे प्रतिकारमा रविले सत्ता र शक्तिकाे दुरूपयाेग गरी उनलाइ पक्राउ गर्न लगाएकाे भनेका छन् ।
तर यथार्थ फरक छ । कान्तिपुरका अध्यक्ष सिराेहियाले लिएकाे नागरिकतामा कैफियत छ । उनी मूलतः भारतीय हुन् । भारतकाे राजस्थान उनकाे पुर्ख्याैली घर हाे । उनका पिता घाँसीराम मारवाडी राजस्थानी हुन् । उनले जिल्ला प्रशासन कार्यलय धनुषाबाट अंगिकृत नागरिकता लिएका छन् । सिराेहियाका चार सन्तान रहेकाे रेकर्ड जनकपुर प्रशासनमा छ । उक्त रेकर्डमा घाँसीरामका चारजना सन्तानमध्ये तीन जनाकाे नागरिकता अंगिकृत भनि लेखिएकाे छ । तर कैलाशकाे नागरिकता बंशज (जन्मसिद्ध) काे भनि लेखिएकाे छ । पछि कैलाशका दुइ दाजुहरू र एक दिदीकाे पनि अंगिकृत नागरिकता छ । तर दाजु गाेविन्दकाे नागरिकता पछि बंशजकाे बनाइएकाे समेत पाइएकाे छ ।


त्यतिबेलाकाे कानुन अनुसार कैलाशले बंशजकाे नागरिकता पाउनका लागि नागरिकता एन २०२० अनुसार निवेदन दिएकाे देखिन्छ । साे अनुसार उनले जन्मसिद्ध नागरिकता पाउनका लागि उनकाे जन्म हुँदा उनका बाबुले नेपाली नागरिकता पाएर नेपाली भइसकेकाे हुनुपर्थ्याे । त्याे पनि भएकाे देखिँदैन ।
सिराेहियाले पहिलाे पटक धनुषाबाट नागरिकता पाउँदा धनुषाकाे प्रमुख जिल्ला अधिकारी हेमराज ज्ञवाली थिए । सरकारी सेवाबाट अवकाश लिएपछि उनले सिराेहियासंग मिलेर कान्तिपुर पब्लिकेशन खाेले । पछि दुवैबीच मनमुटाब वढेपछि सिराेहियाले ज्ञवालीलाइ उनकाे हिस्सा दिएर कान्तिपुर एकलाैटी बनाएका हुन् । उनकाे नागरिकता बंशजकाे बन्नुमा कतै हेमराज ज्ञवालीकाे हात त थिएन ? भन्ने पनि गाइँगुइँ चलिरहेकाे छ ।
सिराेहियाले २०३६ भदाै २५ गते पहिलाे पटक ३९६९८८८६ नम्बरकाे बंशजकाे नागरिकता लिएकाे धनुषा प्रशासनकाे तथ्यङ्कबाट देखिन्छ । त्यतिबेला धनुषा प्रशासनमा ज्ञवाली नै प्रमुख जिल्ला अधिकारी थिए । साेही कार्यालयका अर्काे तथ्याङ्क अनुसार साेही नम्बरकाे नागरिकता सिराेहियाले पाउनु भन्दा ५ दिन अघि नै धनुषाकै शिवजी साहु तेलीकाे नाममा जारी भइसकेकाे देखिन्छ । ज्ञवालीकाे भने निधन भइसकेकाे छ ।

सिराेहियाले पाएकाे नागरिकता कसले जारी गरेकाे हाे भन्ने पनि खुल्दैन । जन्ममिति लेख्ने ठाउँमा १८ बर्ष लेखिएकाे छ । पछि साेही ठाउँमा फरक अक्षरमा जन्ममिति २०१९–८–२९ लेखिएकाे छ । यसलाइ नै जन्ममिति मान्ने हाे भने पनि उनले नागरिकता लिँदा त्यतिबेलाकाे नियम अनुसार १८ बर्ष पुगेकाे हुनुपर्नेमा त्याे उमेर पनि पुरा भएकाे नदेखिँदा उनकाे नागरिकतामा शंका गर्ने प्रशस्त ठाउँ देखिन्छ ।
सिराेहियाले फरक फरक सरकारी नियकामा फरक फरक नम्बरकाे नागरिकता पेश गरेकाे पनि खुलेकाे छ। उनले हिमालयन रिइन्सुरेन्स कम्पनीमा पेश गरेकाे नागरिकताकाे नागरिकताकाे नम्बर २८३९८८८६ भनि फरक नम्बर पेश गरेका छन् ।

अझ अर्काे गजब कुरा पनि छ । त्याे हाे उनले कम्पनी रजिष्ट्रारकाे कार्यालयमा पेश गरेकाे कान्तिपुर मिडिया ग्रुप, कान्तिपुर टिभी र कान्तिपुर एफएमकाे शेयर विवरणमा अझै अर्काे नागरिकता नम्बर पेश गरेका छन् । त्यहाँ उनकाे नागरिकता नम्बर ३२८ लखिएकाे छ । वास्तवमा याे नम्बर उनकी श्रीमति स्वस्तिका सिराेहियाकाे रहेछ । त्यही कम्पनी रजिष्ट्रारमा स्वस्तिकाले पेश गरेकाे नागरिकता बिवरणमा उनकाे नागरिकताकाे नम्बर १०५९१ लेखिएकाे पाइएकाे छ । देशभर कुनै जिल्लामा पनि याे नम्बरकाे नागरिकता जारी भएकाे छैन ।

कैलाश सिराेहियाकाे नागरिकतामा धेरै नै कैफियत देखिन्छ । उनकाे नागरिकताका बिषयमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी नै परेकाे छ । गत बैशाख १६ गते किटानी जाहेरी परेकाे भए पनि उनी मंगलबार मात्र पक्राउ परेका हुन् । उनका बिषयमा प्रहरीले थुप्रै अनुसन्धान गरेर मात्र पक्राउ गरेकाे देखिन्छ । प्रहरीले अदालतमा पक्राउ अनुमति लिँदा पेश गरेकाे निवेदनमा उनलाइ पक्राउ गर्नु पर्ने कारणबारे उल्लेख छ । उनलाइ पक्राउ गर्नुलाइ प्रेस स्वतन्त्रतासंग जाेड्नु र रवि लामिछानेसंग जाेड्न जायज देखिदैन ।
सिराेहियालाइ कसरी गिरफ्तार गरियाे ? गृहमन्त्रीकाे दबाब वा निर्देशन थियाे थिएन याे बहसकाे बिषय हाे । तर कसैका बिरूद्ध जाहेरी पर्नु र उ गिरफ्तार हुनुमा दलका नेता र ठूला मिडिया र पत्रकारहरूले यतिबिध्न गरिहाल्न जरूरी थिएन । सिराेहिया निर्दाेष रहेछन् भने अदालतले उनलाइ छाेडिहाल्छ नि । अहिलेलाइ भने उनलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाइ अनुमति दिएकाे छ ।

