बलत्कार अभियाेगमा लमजुङका दुइ जनालाइ १२ बर्ष कैद सजायकाे फैसला

बेसीशहर । आफ्नै छात्रालाइ करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाका ९ का प्रकास थापालाइ लमजुङ जिल्ला अदालतले १२ बर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ ।

तिनै बालिकालाइ बलत्कार गरेकाे भनि परेकाे अर्काे मुद्दामा साेही ठाउँका अर्जुन विक्रम थापालाइ पनि जिल्ला अदालतले १२ बर्ष कैद हुने फैसला गरेकाे छ । छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाइ अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले देश दिएकाे छ । 

२०७७ माघमा भएकाे बलत्कारकाे घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाकाे वडा नंं ९ मा रहेकाे भैरब माविका शिक्षक प्रकास थापालाइ पहिलाेपटक पक्राउ गरेकाे थियाे । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकाेमा दबाबमा बालिकाले आराेप झुटाे रहेकाे बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।

उनी पुनः विद्यालयमा बहाल रहेपछि बिद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाइ कारबाही गर्नु पर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षककाे बिराेधमा उत्रेपछि शिक्षकहरू मिलेर बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाइ कारबाही गर्नुपर्ने भन्दै विद्यालयकाे पठन पाठन नै अबरूद्ध गरेर न्दाेलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक पसमा राेप प्रत्याराेपकाे अनाैठाे सिलसिला नै चलेकाे थियाे ।

पछि पीडित बालिकालाइ अभियुक्तले मानसिक दवाव दिएर बयान फेर्न लगाइएकाे ठहर गरी बाल अधिकारकर्मीहरूकाे सहयाेगमा मनाेविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदाै १ मा ती बालिकाले प्रकास थापा बिरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । 

साे क्रममा ती बालिकाले आफूलाइ राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलत्कार गरेकाे भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाइ पक्राउ गरेकाे थियाे । शिक्षक प्रकास थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूकाे कासमु बुझाउन काठमाडाैं गएकाे बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेकाे १४ दिनपछि पक्राउ परेका थिए ।

प्रहरीले पीडित बालिकाकाे किटानी जाहेरीका धारमा दुवै आराेपी बिरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेकाे थियाे । लमजुङ जिल्ला अदालतकाे फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।

प्रतिक्रिया