कालिका सहकारी प्रकरण : घिमिरे दम्पती अझै फरार, ठूलै नजरना चढाएको खुलासा

कालिका सहकारी प्रकरण ः घिमिरे दम्पती अझै फरार, ठूलै नजरना चढाएको खुलासा

बेसीशहर ः लमजुङ सदरमुकाम बेसीशहरमा रहेको कालिका सहकारी ठगी प्रकारणमा सहकारी रजिष्ट्रारको कार्यालयबाट भएको छानबीन बाट मूख्य दोषी मानि औल्याइएका संस्थाका संस्थपक अध्यक्ष  मृगेन्द्र घिमिरे  र उनकी पत्नी विनिता अधिकारी घिमिरे  अझै फरार छन् । गत मंसिर १० गते संस्थाका अध्यक्ष सहित  ६ जना र १७ गते थप १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर मुख्य दोषी मानिएका घिमिरे दम्पती र अन्य दोषीहरुलाई पक्राउ गन सकेको छैन । उनीहरुलाई प्रहरीले नै फरार हुन सघाएको  सहकारीका बचतकर्ता र आम सर्वसाधरणको आरोप छ । गत मंसिर १० गते प्रहरीले सहकारीका अध्यक्ष सहित ८ जनालाई एक साथ पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो । अन्य आरोपीहरुलाई प्रहरीले सोहि दिन बिहानै घरबाटै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रमा परेका सवैलाई पक्राउ गर्न आएको प्रहरीलाई  चिया खुवाए गिरफ्तारी दिए । तर मृगेन्द्र घिमिरेका दम्पती घरमै भएर पनि पक्राउ परेनन् । उनीहरु भोलिपल्ट घरको पछाडीबाट भागेका छिमेकीहरुले देखेका थिए उनीहरुलाई सुरक्षित रुपमा भगाउन प्रहरीले सघाएको आरोप छ । जसका लागि प्रहरीलार्ई घिमिरेले मोटै रकम नजरना चढाएको चर्चा बेसीशहरमा चलेको छ । 

कालिका सहकारीका संचालक विरुद्ध ४५ जना वचतकर्ताहरुले बचत रकम नपाएको भन्दै  जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । २०७७ असारमा साविकको कालिका, सम्पदा र करपुरेश्वर सहकारी एकिकरण मै बनेको कालिका  सहकारीमा घिमिरे दम्पती नै हाली मुहाली गर्न नपाएपछि वचतकर्ताहरुको घरघरमा गई सहकारी डुब्न लागेको, आफूले नेतृत्व छोडेको र वचतको रकम डुबेमा आफू जिम्मेबार नहुने भन्दै आतंकित पारेपछि संस्थामा बचत फिर्ताको माग गर्नेहरुको लाईन लागेको थियो । यस बाहेक उनीहरुकै निर्देशनमा सहकारी  संस्था र संचालक विरुद्ध अफबाह फैलाउने विभिन्न सामाजिक संजाल  तथा  संचार माध्यमको  प्रयोग भएको  र संगठित समूह बनाई सहकारी विरुद्ध अनर्गल प्रचार गर्न थालिएपछि सहकारीमा संकट निम्तिएको संस्थाका संचालकहरु बताउँछन् । 

सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट संस्थाको वित्तिय विवरण सम्बन्धि गरिएको छानबीन प्रतिवेदनमा संस्थापक अध्यक्ष घिमिरेले स्थापना कालदेखि नै आर्थिक हिनामिना गर्दै आएको गैर सदस्यहरुलाई ऋण वितरण गरेको, ऋणीहरुको जग्गा आफ्नो नाममा पास गरि लिएको, ऋण असूल गरी आफै लिएर संस्थामा दाखिला नगरेको कर्मचारी उपदानकोष नराखी ठूलो रकम आफैले उपदान लिएको सहकारी ऐन विपरित श्रीमतिलाई प्रबन्धक बनाएर आर्थिक अनियमितता गरेको, प्रतिवद्धता विपरित शेयर निष्काशन गरेको लगायतका दर्जनौ विषय उल्लेख गरिएको छ । 

रजिष्ट्रारको कार्यालयले उक्त प्रतिवेदन र सोमा व्यक्त राय बमोजिम दोषीलाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) लाई पत्राचार गरेकोमा सिआईवीले समेत अनुसन्धान गरी कारबाहीका लागि लमजुङ प्रहरीलाई निर्देशन दिएको थियो । तर प्रहरीले उनीहरुलाई उन्मुक्ति दिने हिसावले अनुसन्धान गरेको सञ्चालकहरुको गुनासो छ  । छानवीन र प्रतिवेदनले घिमिरे दम्पतीलाई मख्य दोषी देखाएपनि  प्रहरीले शुरुमा उनीहरु बिरुद्ध जाहेरी नै लिन नमानेको पिडीत बचतकर्ताले बताए । बचत फिर्ताको माग गर्दै उजुरी लिई प्रहरीमा जाने सवै वचतकर्ताको उजुरीमा घिमिरे दम्पतीको नाम आएपनि प्रहरीले शुरुमा उनीहरुको नाम हटाएर उजुरी ल्याउन भनेको थियो यसमा व्यापक विरोध  आएपछि बाध्य भई प्रहरीले उनीहरुको नाममा उजुरी त लियो तर अनुसन्धानका लागि हिरासतमा नलिएको संचालकहरुको भनाई छ । 


प्रतिक्रिया