दशैंमा पनि साेचे अनुसार ब्यापार नभएपछि चिन्तामा ब्यवसायीहरू

बेसीशहर । नेपालीहरूकाे महान पर्व बडादशैं सबैकाे घरघरमा भित्रिसकेकाे छ । दसैँ मीठाे मसिनाे खाने, राम्राे लगाउने पर्वकाे रूपमा पनि परिचित छ । त्यसैले दशैं लागेपछि गाउँ तथा शहरका बजारहरूमा किनमेल गर्नेहरूकाे भीड हुन्छ ।

तर याे बर्ष दशैंमा दशैंकाे किनमेलमा अप्रत्यासित रूपमा कमी एकाे ब्यापारीहरूले बताएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा याे बर्षकाे दशैंमा अघिल्ला बर्षकाे तुलनामा कम ब्यापार भएकाे ब्यापारीहरूकाे गुनासाे छ । दशैं गमनसंगै हरेक जिल्लाका शहर बजारहरू सामान खरिद गर्न उने सर्वसाधारणका कारण यतिबेला शहर बजारहरू गुलजार हुनु पर्नेमा लमजुङ सदरमुकाम बेसीशहरमा चहलपहल नै घटेकाे बेसीशहरका बासीन्दाकाे भाेगाइ छ । लमजुङका अन्य बजार क्षेत्रमासमेत बिगतकाे जस्ताे चहलपहल नभएकाे स्थानीयले बताए ।

दशैं आएसँगै यो चाडका लागि वश्यक मरमसला, नूनतेल, चामल लगायत दैनिक उपभाेग्य सामग्रीदेखि लत्ताकपडाकाे  ब्यापार अरू बेला भन्दा बढी हुन्छ । तर बिगतका दशैंमा जस्ताे याे दशैंमा सरसामान खरिद गर्नेहरूकाे संख्यामा कमी मात्र एकाे छैन, एका उपभाेक्ताले समेत पहिले जस्ताे सामान खरिद नगरेकाे अनुभव ब्यापारीहरूकाे छ ।

घटस्थापना देखि नै दशैंकाे  सरसामान खरिद गर्न सर्वसाधारणहरू बजार झर्ने क्रम शुरू भएकाे हाे ।  तर नवरात्रकाे षष्ठी तिथिसम्म इपुग्दा समेत बजारमा सरसामान खरिद गर्ने ग्राहककाे संख्या र परिमाण घट्दा ब्यापारमा प्रभाव परेकाे ब्यापारीहरू बताउँछन्।

नेपालीहरूमा दशैंकाे किनमेल विशेष नै हुने भए पनि यसपालि दसैँको किनमेल गर्नेको भिडभाड घटदा ब्यापारीहरूकाे ब्यापार नै चाैपट भएकाे छ । दशैंमा के के नै ब्यापार गराैंला भनेर लाखाैंकाे सामान खरिद गरेर ल्याएका ब्यापारीहरू समेत सामानकाे विक्री घटेपछि निराश भएका छन् ।

पभोक्ताको क्रयशक्ति घटेकाले ब्यापारमा प्रभाव परेकाे ब्यापारीहरू बताउँछन् । याे बर्षकाे दशैंमा साेचे अनुसारकाे ब्यापार नभएकाे बेसीशहरकाे सेढाइँ फेन्सीका प्राेपाइटर बासुदेव सेढाइँले बताए । उनले भने–"दशैंमा ब्यापार नहुने कुरा त भएन, तर पाेहाेर परार जस्ताे चाहिँ भएन ।"

दिनदिनै ब्यापार घटिरहेकाेमा दशैंमा समेत शातीत ब्यापार नभएपछि कतिपय ब्यापारीमा निराशा छाएकाे छ । बेसीशहरका फेन्सी ब्यवसायी सन्तकुमार श्रेष्ठ भन्छन्– "घरभाडा धान्नै नसक्ने अवस्था छ, यसपाली दशैंमा पनि साेचे अनुसार ब्यापार भएन, अब पसलकाे बिकल्प खाेज्ने बेला भयाे । घरभाडा र बैंककाे ब्याज कासिएकाे छ, ब्यापार भने घट्दाे छ, ब्यापार गरेर खाने अवस्था सकिए जस्ताे छ ।"

बडादशैं नेपालीहरूकाे मुख्य चाड हाे । असत्यमाथि सत्यकाे बिजयकाे रूपमा लिइने याे पर्व खर्चिलाे भने पक्कै छ । अरू बेला नखाएकाे मीठाे यही बेला खानु पर्ने, अघिपछि नलगएकाे राम्राे यही बेला लगाउने चलनले दशैंमा अरू बेला नभएकाे ब्यापार हुने गर्थ्याे । तर हिजाे आज लाउन खान दुःख नकाट्ने चलन बढेकाले पनि दशैंकाे ब्यापारमा प्रभाव परेकाे देखिएकाे छ । 

प्रतिक्रिया