पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, १५ घाइते

बुटवल । पाल्पाकाे रैनादेवीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप पाल्पाकाे रैनादेवी गाउँपालिका वडा नंं ६ काे चिल्ले भन्ने स्थानमा आइतबार साँझ दुर्घटना भएको हो ।

जीप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र मृतकको पहिचान खुल्न नसकेको पाल्पा प्रहरीले जनाएको छ ।  मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । दुर्घटनामा परी १५ जना घाइते भएका र स्थानीय बासीन्दा र प्रहरीले घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी  वीरेन्द्र थापाले जानकारी  दिए ।  

उनका अनुसार दुर्घनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनामा परी मृत्यु भएकाहरूकाे शव पोष्टमर्टमका लागि बुटवल ल्याइएको छ । 



प्रतिक्रिया