काठमाडाैं, १७ जेठ । नेपालमा सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले एक तोलामा १ हजार ५ सय रुपैयाँले मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेकाे जानकारी दिएकाे छ । बुधवार छापावाल सुनको प्रति एक तोलाकाे मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
बुधबार चाँदीको मूल्य पनि बढेकाे छ । मंगलबार एकताेलाकाे १ हजार ३७५ मा खरिदविक्री भएकाे चाँदीमा बुधवार तोलामा २० रुपैयाँले बृद्धि भएकाे हाे ।
31 May 2023