बेसीशहर । लमजुङकाे हर्राबाेटमा शनिबार बिहान एउटा यात्रु बाेकेकाे जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
दूधपाेखरी गाउँपालिकाकाे सामघडेरीबाट सुन्दरबजारकाे वडा नं. ७ पाउँदीतर्फ जाँदै गरेकाे ग १ ज ६३६९ नम्बरकाे बाेलेराे जीप राइनास नगरपालिकाकाे वडा नं. ८ हर्राबाेटकाे कटारबारी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएकाे हाे । दुर्घटनामा परी जीप चालक सुन्दरबजार ९ का ३० बर्षिय पुरन गुरूङ गम्भीर घाइते भएका छन् ।
गुरूङकाे भोटेओडारमा प्राथमिक उपचार गराइ थप उपचारका लागि भरतपुर पठइएकाे इलाका प्रहरी कार्यालय भाेटेओडारले जानकारी दिएकाे छ । प्रहरीका अनुसार अन्य घाइतेहरूकाे भोटेवडार अस्पतालमा उपचार भैरहेको र उनीहरू खतरामुक्त रहेका छन् ।
जीप दुर्घटनाकाे कारण खुलेकाे छैन । यद्यपी तीब्रगतिमा गुडिरहेकाे जीपकाे ब्रेक फेल भएर दुर्घटना भएकाे हुनसक्ने अनुमान गरिएकाे छ ।
12 Aug 2023