बेसीशहर । शनिबार दिउसाेदेखि परेको अविरल वर्षाका कारण हिमाल पारीकाे जिल्ला मनाङ जाेड्ने बेसीसहर–चामे सडक डुम्रे– बेसीसहर–चामे सडकखण्ड अन्तर्गत लमजुङका विभिन्न स्थानमा पहिराेले सडक अवरुद्ध भएको छ।
अबिरल बर्षापछि बाढी र पहिराेले मनाङलाइ बाहिरी संसारसंग जाेड्ने एकमात्र सडक अबरूद्ध भएकाे हाे । बर्षापछिकाे पहिराले बेँसीसहर नगरपालिका–६ मा पर्ने खरखरे भिर, चनाैटे, पुमा खाेलालगायतका स्थानमा बिहानैदेखि सडक अवरुद्ध भएकोमा खरखरे भीरबाहेकका अन्य स्थानकाे पहिराे पन्छाइएकाे छ ।
तर लगातारकाे बर्षाका कारण खरखरेभीरकाे पहिराे भने सफा गर्न नसकिएकाे डुम्रे बेसीशहर चामे सडक याेजनाले जनाएकाे छ ।

पहिराेले बेसीशहर चामे सडक अन्तर्गत बेलाैती बिसाैना, चनाैटे, घोप्टेभिर, स्याँगे, रैंदु खोलालगाएतका स्थानमा पनि पहिराे झरेकाे थियाे । दिनभरकाे प्रयासमा सबै पहिराे हटाए पनि खरखरेभीरकाे पहिराे हटाउन नसकिएकाे याेजनाले जनाएकाे छ । सडकका प्राविधिकहरूका अनुसार खरखरे भीरमा सडक सुरक्षाका लागि लगाइएकाे ग्याबिन वाल पहिराेले पुर्नुका साथै छेउतिरकाे सडक नै भासिएकाेले सडकमा नयाँ ट्रयाक खाेल्नु पर्ने भएकाे छ ।
