एजेन्सी । समयावधि सकिनुभन्दा तीन दिन अघि पाकिस्तानको संसद भंग भएको छ । पाकिस्तानी मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले गएराति संसद भंग गरेका हुन् ।
पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । संसद भएपछि त्यहाँकाे मन्त्रिपरिषद पनि भंग भएको छ । अर्को प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ कामचलाउ प्रधानमन्त्री हुनेछन् ।
बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । यसका लागि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने छ ।
संसद भंगभएपछि पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने बताइएकाे छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानलाइ भने भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजायँ तोकिएको छ । उनलाइ पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय त्यहाँकाे निर्वाचन आयाेगले गरेको छ ।