बेसीशहरमा छात्रा छात्र गायन प्रतियाेगिता

बेसीशहर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लमजुङकाे आयाेजनामा बेसीशहरमा विद्यालयस्तरीय छात्र छात्रा गायन प्रतियाेगिता सम्पन्न भएकाे छ ।

प्रतियाेगितामा जिल्लाका विभिन्न ११ वटा विद्यालयका १० जना छात्र र ११ जना छात्राले सहभागिता जनाएका थिए । छात्रातर्फकाे प्रतियाेगितामा अर्थली मा.वि.का छात्रा अबिगेल तामाङ प्रथम, भूपूसैनिक मावि बेसीशहरका सुप्रिया तामाङ द्वितीय, र भूपूसैनिक मावि भाेटेडारका सविना गुरूङले तृतीय स्थान प्राप्त गरे ।

त्यस्तै छात्रतर्फकाे गायन प्रतियाेगितामा विद्या बिकास माविका सविन वि.क. प्रथम,अर्थली प्याराडाइज माविका सिजन गुरूङ द्वितीय र ल्याण्डस्टार माविका आयुष गुरूङले तृतीय स्थान प्राप्त गरेका प्याब्सन लमजुङका सचिव बिमल अधिकारीले जानकारी दिए ।

प्याब्सन लमजुङका अध्यक्ष मेनबहादुर घलेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष इश्वर पाैडेल, काेषाध्यक्ष बिनाेद गुरूङ तथा कार्यसमितिका सदस्यहरूकाे उपस्थिति थियाे ।

प्रतियाेगितामा विजयी भएका छात्राछात्रलाइ प्याब्सन दिवसका अवसरमा गामी पुस २० गते पुरस्कार वितरण गरिने सचिव अधिकारीले बताए ।

प्रतिक्रिया