कालीकाेटमा जीप दुर्घटना, तीनजनाकाे मृत्यु

कालीकोट । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–६ गविरा भन्ने स्थानमा गए राति मध्यरातमा जीप दुर्घटना हुँदा तीनजनाकाे मृत्यु भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कालीकाेटले दिएकाे जानकारी अनुसार लु १ च ८४९८ नम्बरकाे जीप कालीकोटको शुभकालिका–६ गविराम भन्ने स्थानमा दुर्घटना भएको हाे । बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा  भएकाे दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया