एकमहिनामै काठेपुल भत्केपछि स्थानीयलाइ आवत जावतमा समस्या

बेसीशहर । झण्डै एक महिनाकाे अनवरत प्रयास पछि बेसीशहर नगरपालिका वडा नं. १० मा पर्ने भाचाेक खाेलामा स्थानीयले निर्माण गरेकाे काठे पूल एक महिनामै भत्किएकाे छ । पुल भत्केपछि स्थानीयलाइ वत जावतमा समस्या परेकाे छ ।


गएकाे असार पहिलाे साता भाचाेक खाेलामा आएकाे बाढीले खाेलामा रहेकाे अस्थायी काठे पुल बगाएपछि वडा कार्यालयकाे संयाेजनमा बेसीशहरकाे वडा नंं १० मा पर्ने खासुर, खासुरबेसी, देउजनथाेक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचाेक, सिरूवारी, भाचाेक बेसी लगायतका स्थानका स्थानीयले अस्थायी काठे पुल निर्माण गरेका  थिए ।



बेसीशहर नगरपालिकाकाे विपद काेष, स्थानीय बासीन्दा, सेना, सशस्त्र तथा जनपद प्रहरीकाे श्रमदान र चन्दा संकलन गरी एक महिनाकाे प्रयासमा पुल निर्माण गरिएकाेमा निर्माण भएकाे एक महिनामै अस्थायी काठे पुल भत्केपछि स्थानीय बासीन्दालाइ पुनः समस्या भएकाे छ ।

पुल भत्किएसँगै स्थानीयलाइ आवतजावतमा फेरि समस्या उत्पन्न भएकाे छ । गत असारको पहिलो साता आएको बाढीले त्यहाँकाे पूल बगाएपछि स्थानीयलाइ पत परेपछि लामाे प्रयास पछि बनाइएकाे अस्थायी काठे पुल पुनः बाढीले क्षतिग्रस्त भएपछि  स्थानीय अप्ठेराेमा परेका छन् ।

याे पनि पढ्नुहाेस् ।

गाउँलेकाे अथक प्रयासमा भाचाेक खाेलामा अस्थायी काठेपुल निर्माण सम्पन्न


प्रतिक्रिया