दाङमा ७३ बर्षकी बृद्धामाथि सामूहिक बलत्कार, २ जना पक्राउ

दाङ । गएराती मध्यरातमा दाङकाे तुलसीपुरमा एक ७३ वर्षीया वृद्धा सामूहिक बलात्कारकाे शिकार भएकी छन् ।

बिहीबार मध्यराति प्युठानकी ७३ बर्षिया बृद्धालाइ दाङकाे तलुसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कभित्र पार्किङ गरी राखिएको ना ४ ख ७८४८ नम्बरको बसमा सामूहिक बलात्कार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएकाे हाे ।

प्रहरीका अनुसार बलत्कार गरिरहेकाे अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विकलाइ प्रहरीले पक्राउ गरेकाे कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् । 

आँखाको उपचार गर्न भनि प्युठानबाट तुलसीपुर झरेकी ती गएराती बृद्धा तुलसीपुर बसपार्क छेऊमा उभिएकी थिइन् ।पैसा नभएर हाेटलमा बस्न नसकी बसपार्क क्षेत्रमै यताउति गरिरहेकी उनलाई रोका र विकले फकाएर बसभित्र लगि पालैपालाे बलत्कार गरेका प्रहरीले जनाएकाे छ । बलत्कृत अबस्थामा ती बृद्धा चिच्याएकाे स्वर सुनेपछि एक जना स्थानीयले प्रहरीलाइ खबर गरेपछि उद्धारका लागि अस्थायी प्रहरी पाेष्ट तुलसीपुर बसपार्क र इलाका प्रहरी कार्यालयसमेतकाे प्रहरी टाेली घटनास्थल पुगेकाे थियाे । प्रहरीले राेका र विकलाइ रंगेहात पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

वृद्धाको उद्धार गरी  सुरक्षित स्थानमा राखि थप अनुसन्धान शुरू गरिएकाे प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया