बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरमा बिहीबार भएकाे बस दुर्घटनामा परी घाईते भएकी महिलाकाे उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।
राइनास नपा–९ कुवापानीकी मिस्मा गुरुङको उपचारका क्रममा शुक्रबार दिउँसो करिब २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेसीशहरकाे शेरामा राेकिराखेकाे बस एक्कासी गुड्दा मिस्मा गुरुङ घाईते भएकी थिईन् ।
28 Jul 2023