सहकारीकाे मान्छे हूँ भन्दै लाखाैं ठगी गर्ने १ जना लमजुङ प्रहरीकाे फन्दामा

बेसीशहर, भदाै ११ गते । आफूलाइ सहकारीकाे मान्छे भन्दै सर्वसाधारणलाइ ठग्दै हिँड्ने एक जनालाई लमजुङ प्रहरीले पक्राउ गरेकाे छ । 

 लमजुङकाे बेसीशहर नगरपालिका वडा नं.२ चिसापानी बस्ने पञ्चबहादुर परियार पक्राउ परेका हुन् । उनलाइ चेक बाउन्सकाे सिलसिलामा प्रहरीले पक्राउ गरेकाेमा उनले विभिन्न ब्यक्तिलाई आफू सहकारीकाे कर्मचारी हूँ भनेर चिनाउँदै उनीहरूलाई सहकारी मार्फत ऋण मिलाइ दिन्छु भन्दै रकम ठगीसमेतमा संलग्न रहेका प्रहरीले जानकारी दिएकाे छ ।

निजले पाेखरा लगायत विभिन्न स्थानमा  सर्वसाधारणलाई आफू बेसीशहरमा रहेकाे कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाकाे कर्मचारी भन्दै ठग्ने गरेकाे खुलेकाे छ ।  साेझा सिधाला सहकारीबाट ऋण मिलाइदिने भन्दै ठग्दै एका उनले पैसा लिएर सम्पर्कमा नआएपछि पीडितहरूले सहकारी संस्थामा जानकारी गराएपछि याे कुरा खुलेकाे हाे । उनले पाेखराका अर्जुन पुन र सावित्रा पाैडेल अधिकारीलाइ ठगी गरेकाे सूचना आएकाे कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम दिक्षितले जानकारी दिए ।

दिक्षितका अनुसार परियारले पुनसंग २२ हजार र अधिकारीसंग ४ लाख ठगी गरेका छन् ।

परियारले विभिन्न ब्यक्तिलाइ ऋण मिलाइ दिन्छु भन्दै सनराइज बैंक मार्फत पैसा माग्ने गरेकाे र पीडितहरूले ऋण नपाएपछि सहकारीमा यसबारेमा जानकारी गराएपछि यसबारेमा थाह पाएकाे प्रमुख कार्यकारी अधिकृत थापाले खबरकुञ्जलाई बताए । उनले परियारले अरू धेरै जनाबाट लाखाैं ठगी गरेकाे हुन सक्ने बताए ।

पक्राउ परेका परियार हाल लमजुङ प्रहरीकाे हिरासतमा छन् । उनका विरूद्ध थप १५ जनाले आफूहरूला ठगि गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिइसकेका छन् । उजुरी आउने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

"याे मान्छेका बारेमा हामीकहाँ उजुरी आउने क्रम जारी छ, अहिलेसम्म १५ वटा उजुरी परेका छन् । निज बिरूद्ध चेक बाउन्सकाे मुद्दा समेत रहेकाले अनुसन्धान पछि केही दिनमा पत्रकार सम्मेलन गरी जानकारी गराउँछाैं"– जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धि सुवेदीले भने ।


यससम्बन्धमा कृषक जागरण साकाेसले समेत एक बिज्ञप्ती प्रकाशित गर्दै त्यस्ता ठगहरूबाट बच्न अनुराेध गरेकाे छ । सहकारीले यस्ता गतिविधिमा संलग्न हुनेहरूकाे लेनदेनमा संस्था जवाफदेही नहुने स्पष्ट पारेकाे छ ।



प्रतिक्रिया