नमूना अस्पतालमा एपेण्डिसाइटिसकाे शल्यक्रिया

सुन्दरबजार । यहाँस्थित नमुना सामुदायिक अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ ।


बेसीशहर नगरपालिका १ का ३१ वर्षका  किसान तामाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । सामुदायिक रूपमा सञ्चालन हुँदै आएकाे याे अस्पतालमा मानव विकास तथा सामुदायिक सेवाले ब्यवस्थापन जिम्मा लिएपछि अस्पतालकाे सेवा सुविधामा बृद्धि भएकाे छ । यसै सिलसिलामा अस्पतालले पहिलो पटक एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेकाे अस्पतालका प्रमुख हेमन्त श्रष्ठले जानकारी दिए ।



शल्यक्रियामा डा. रोशन यादवको नेतृत्वमा चिकित्सकहरू खटिएका थिए । गत आइतवार  अचनाक पेट दुखेर अस्पतालमा उपचारको लागि पुगेका तामाङलाइ एपेण्डिसाइटिस भएकाे र समयमै सल्यक्रिया नगरे ज्यान समेत जाेखिममा पर्न सक्ने भएकाले अस्पतालमा भर्ना गरी शल्यक्रिया गरिएकाे अस्पतालले जनाएकाे छ ।


शल्यक्रियापछि अहिले तामाङ पूर्ण स्वस्थ भइ घर फर्केका छन् । कमजाेर र्थिक अवस्थाका तामाङकाे उपचारमा लागेकाे रकममध्ये अस्पतालले २१ हजार ५७५ रूपैयाँ समेत छुट गरिदिएकाे अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए ।




एपेन्डिसाइटिस हुँदा बेस्सरी पेट दुख्ने गर्छ । भोक नलाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र अनुहार रातो देखिने समस्या आएमा एपेन्डिसाइटिसको लक्षण हुन सक्छ । यसकाे उपचार अाैषधी वा शल्यक्रिया दुवैबाट हुने भए पनि शल्यक्रिया भरपर्दाे मानिन्छ । षधी सेवनले विरामीले राम महशुस गरे पनि भविष्यमा जटिल समस्या निम्तन सक्ने भएकाले चिकित्कसहरूले शल्यक्रियाकाे सुझाव दिने गर्छन् ।

अत्याधिक पेटको दुखाई भएर आएका एपेन्डिसाइटिसका बिरामीको हकमा भने तत्काल शल्यक्रिया गर्नु बाहेक अन्य विकल्प नरहने चिकित्सकहरू बताउँछन्  । हिजाे अाज एपेण्डिसाइटिसकाे शल्यक्रिया ल्याप्रेसकाेपी प्रविधि (शरीरमा ससाना प्वाल पारेर गरिने शल्यक्रिया)बाट गर्न सकिने भएकाे छ ।

प्रतिक्रिया