दुइवटा बाेका चाेरेपछि फेरि मध्यनेपालबाट पक्राउ परे कालु गुरूङ

बेसीशहर, असाेज ५ गते।

१२ बर्ष कुकुरकाे पुच्छर ढुंग्रामा राख्याे, बाङ्गाकाे बाङ्गै भन्ने उखानझैं गत असारमा बेसीशहरका विभिन्न भागबाट ४ वटा खसी चाेरेर पक्राउ परी हाल धराैटीमा छुटेका लमजुङकाे भुजुङका एक युवक पुनः दुवटा बाेका चाेरेकाे अभियाेगमा पक्राउ परेका छन् ।

लमजुङको क्व्होंलासोंथार गाउँपालिकावडा नंं ३ घर भएका ३४ बर्षका कालु गुरुङ मध्यनेपालबाट पक्राउ परेका हुन् । मध्यनेपालकाे वडा नंं ६ भाेर्लेटारका शिराेमणी भट्टराइकाे खाेरबाट दुइवटा बाेका चाेरी गरी विक्रीका लागि दमाैली लैजाँदै गर्दा उनी पक्राउ परेका हुन् । गत असाेज ३ गते राती भट्टराइकाे खाेरबाट दुइवटा बाेका चाेरिएकाे सूचना पाएपछि इलाका प्रहरी कार्यालय भाेर्लेटारबाट खटिएकाे प्रहरी टाेलीले मध्यनेपापल नगरपालिकाकाे वडा नंं ४ पराजुली बेसीबाट गुरूङलाइ पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार खसी चाेरकाे खाेजी गर्ने क्रममा प्रहरीले पिछा गरेकाे थाह पाएपछि गुरूङले चाेरिएका खसीहरू मध्यनेपालकै वडा नंं ५ मा पर्ने रिङ्नेकाे जंगलमा छाेडेर भागेका थिए । खसी फेला परे पनि उनी भने फरार भएपछि प्रहरीले विभिन्न ब्यक्तिलाइ साेधपुछ गरी उनलाइ पराजुली बेसीबाट पक्राउ गरेकाे हाे ।

पक्राउ परेका गुरूङलाइ जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गराइ अनुसन्धानका लागि पुनः हिरासतमा राखि मुद्दा अघि बढाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

पक्राउ परेका गुरूङ गत असार २० गते बेसीशहरका विभिन्न स्थानबाट खसी चाेरी गरेकाे अभियाेगमा पक्राउ परी जिल्ला अदालतमा ५० हजार रूपैयाँ धराैटी राखी तारेखमा छुटेका थिए ।

याे पनि पढ्नुहाेस् ।


बेसीशहरका विभिन्न स्थानबाट चारवटा खसी चाेरी, यसरी समातिए खसी चाेर



प्रतिक्रिया