बेसीशहर । लमजुङ प्रहरीले बिहीबार राती पक्राउ परेका २२ जना जुवाडेकाे नाम सार्बजनिक गरेकाे छ ।
लमजुङकाे मर्स्याङदी गाउँपालिका ९ मा पर्ने धनबहादुर तामाङले भाडामा लिएको घरबाट बिहीबार राती ८ बजे पर्हरीले २२ जनालाई पक्राउ गरेको थियाे । उनीहरुबाट १६ थान कौडा र ५ लाख ७० हजार रुपैँया बरामद भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ ।
प्रहरीले पक्राउ परेकाहरुको नाम सार्ब जनिक गरेकाे छ । यद्यपि प्रहरीले उनीहरुको ठेगाना गोप्य राखेको छ ।
प्रहरीले जनाए अनुसार धन बहादुर तामाङ, मिनराज तामाङ, सुजन तामाङ, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, बिरेन्द्र राउत बरै, देबेन्द्र लामा, दान बहादुर कुमाल, राजन सुँयल, राम बहादुर गुरुङ, धन बहादुर गुरुङ, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, बिष्णु बहादुर अधिकारी, नबिन गुरुङ, काले तामाङ, तक बहादुर गुरुङ र सानुबाबु तामाङ पक्राउ परेका छन् ।