काेशी, गण्डकी र महाकाली नदीमा पानीकाे बहाब उच्च बिन्दूमा

काठमाडाैं । लगातारको वर्षाको कारण सप्तकाेशी, नारायणी र महाकाली नदीमा पानीको बहाव उच्चबिन्दूमा पुगेपछि काेशी र गण्डकी ब्यारेजका सबै ढाेका खाेलिएकाे छ । पानीकाे बहाब बढेपछि महाकाली नदीकाे शारदा ब्यारेजमा यातायात बन्द गरिएकाे छ ।

काेशीमा जलसतह ३४ बर्षयताकै उच्चबिन्दूमा पुगेपछि ब्यारेजको सबै ५६ वटा ढोका खोलिएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । 

सप्तकाेशी नदीमा आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियाे । पानीकाे बहाब उच्च बिन्दूमा पुगेपछि अहिले भने घट्दो क्रममा रहेकाे बताइएकाे छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशी नदीमा १९८९ पछि याे नै पानीकाे  उच्च बहाबकाे बाढी रेकर्ड भएको जानकारी दिइन् ।

नारायणी नदीमा पनि ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फका सबै ढोका खोलएिको छ । नदीको सतह खतरा नजकि पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलएिको हाे । ब्यारेजमा बिहान २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको जनाइएकाे छ । नारायणी नदीको नारायणगढ पुलमासमेत पानीको सतहले चेतावनीको तह पार गरेको छ । 

महाकाली नदीमा पनि पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया