काठमाडाैं । भारतमा कार दुर्घटनामा परी ६ जना नेपाालीकाे मृत्यु भएकाे छ । गएराती भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार भारतकाे उत्तर प्रदेशकाे श्रावस्ती जिल्लास्थित इकौना नजिकै सडकमा दुर्घटना हुँदा दुइ परिवारका ६ जनाकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।

दुर्घटनामा परी नेपालगन्जकाे सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
श्रीवस्ती जिल्लाका प्रहरी अधिकारीहरूलाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार शनिबार राती स्थानीय बाैद्ध परिपथकाे सीताद्वार माेडमा कार गुडिरहेका बेला एक्कासी सडकमा चाैपाय देखिएपछि तिनीहरूलाइ बचाउन खाेज्दा कार सडक छेउकाे रूखमा ठाेक्किएर पल्टिएकाे थियाे ।
उद्दारका लागि पुगेकाे प्रहरीले कारकाे ढाेकाे फाेडेर कारमा सवार यात्रुहरूलाइ बाहिर निकालेकाे थियाे । उनीहरूलाइ तत्काल उपचारका लागि स्थानीय सिएचसि अस्पताल लगिएकाेमा अस्पतालले उनीहरूलाइ मृत घाेषित गरेकाे थियाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको भने उपचार भइरहेको छ । उनी भारतीय नागरिक हुन् ।
मृतकहरूकाे शब कानुनी प्रक्रिया पुरा गरी नेपालगञ्ज ल्याउने तयारी भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।