बेसीशहर । एक ७६ बर्षिया असक्त र बृद्धा महिलालाइ जबर्जस्ती करणी गरेर फरार रहेका एक ५६ बर्षिय पुरूषलाइ लमजुङ प्रहरीले पक्राउ गरेकाे छ ।
लमजुङकाे राइनास नगरपालिका वडा नं. ६ निवासी ५० बर्षीय बाबुराम सार्की पक्राउ परेका हुन् । गत भदाै १५ गते राती तीअशक्त बृद्धा महिलालाई जबरजस्ती करणी गरेर फरार भएका उनलाइ प्रहरीले गाउँ नजिकैकाे जंगलबाट पक्राउ गरेकाे हाे । जंगलमा लुकिछिपी बसेकाे अवस्थामा निजलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले बताए ।
गत भदौ १५ गते राती घरमा रहेकी ती वृद्धा महिलालाई बाबुरामले जबरजस्ती करणी गरेर फरार भएका थिए । बृद्धा महिलाले हार गुहार गरे पश्चात उनी घट्नास्थलबाट फरार भएका र जंगलमा लुकी बसेका थिए । प्रहरीले उनकै घर नजिककाे जंगलबाट भदाै १९ गते पक्राउ गरेकाे हाे ।
उनलाई बिहिबार जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।