बर्षामा ५० र हिउँदमा ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने

काठमाडौँ ।

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  आगामी २ वर्षभित्रै देशका सबै नागरिकमा ऊर्जाको पहुँच सुनिश्चित गरिने र मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने घाेषणा गरेका हुन् ।

साथै सरकारले आगामी २ वर्षभित्रै देशका सबै घरमा विद्युत सुविधा उपलब्ध गराउने र विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने घाेषणा नीति तथा कार्यक्रम मार्फत उल्लेख गरेकाे छ ।

बिजुली खपत बढाइ खाना पकाउने ग्यासलाई क्रमशः विद्युतबाट प्रतिस्थापन गरिने घाेषणा नीति तथा कार्यक्रममा गरिएकाे छ ।

प्रतिक्रिया