लमजुङ सदरमुकाम बेसीशहरमा सानिमा बैंककाे १३१ अाैं शाखा

सानीमा बैँकले लमजुङको सदरमुकाम बेसीशहरमा १३१ अाैं शाखाकाे रूपमा अाफ्नाे सेवा शुरु गरेको छ ।


सोमवार एक कार्यक्रमका विच सानीमा बैँकका ब्राण्ड एम्बेसडर नेपाली कलाकारिताका दुइ हस्ती मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उक्त बैंककाे सेवाको शुभारम्भ गरेका छन् ।


बैँककाे शाखा उद्घाटन कार्यक्रममा बोल्दै वरीष्ठ कलाकार एवं उक्त बैंकका ब्राण्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठले लमजुङकाे पूर्वाधार विकासमा सानिमा बैंककाे सहयाेग रहने विश्वास ब्यक्त गरे । उनले बैंकले जलविद्युतकाे क्षेत्रमा ठूलाे लगानी गरेकाे भन्दै बेसीशहरमा शाखा खुलेपछि लमजुङे जनतालाई राम्रो सेवा र सहुलियत ऋणको व्यवस्था हुने बताए ।


बैंकका अर्का ब्राण्ड एम्बेसडर वरीष्ठ कलाकार हरिवंश आचार्यले सेवाग्राही चित्त बुझ्ने गरी सेवा दिन अनुरोध  गर्दै बैंका सबै शाखाहरूले सफलता प्राप्त गरेकाे र सेवाग्राहीकाे मन जितेकाे बताए ।


कार्यक्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बैँकहरू नाफामुखी मात्रै नभइ सेवामुखी पनि हुनुपर्नेमा जाेड दिए । उनले ब्यक्तिलाइ मात्र ऋण प्रवाह नगरी समाजलाई समेत प्रभावित पार्ने खालको कार्यक्रमहरु ल्याउन आग्रह गरे । 


उद्घाटन कार्यक्रममा बैँकका डेपुटि सिईओ पवनकुमार आचार्यले बैँकको सेवासम्बन्धी जानकारी गराएका थिए । लमजुङका ५ वटा जलविद्युत आयोजनाहरुमा बैंकले ८५ करोड लगानी गरेको जानकारी दिँदै उनले योजना हेरेर बैंकले ऋण प्रवाह गर्ने जानकारी दिए ।


उद्घाटन कार्यक्रममा लमजुङका राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, वित्तीय संस्थाका प्रवन्धक एवं स्थानीयहरुको उपस्थिति थियाे ।

प्रतिक्रिया