राेल्पामा बस दुर्घटना, ४ जनाकाे मृत्यु, १४ घाइते, एक बालक बेपत्ता

काठमाडाैं । रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा अाज दिउसाे दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ ।

राेल्पाकाे त्रिवेणी–७ गैरीगाउँकाे रिची भन्ने स्थानमा ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएकाे हाे । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । दिउँसो १ बजेतिर भएकाे दुर्घटनामा परेका एक बालक बेपत्ता भएका स्थानीयले बताएका छन् ।

तीब्र गतिमा गुडिरहेको बस एकाएक नियन्त्रण बाहिर जाँदा दुर्घटना भएकाे बताइएकाे छ । स्थानीय बासीन्दा र प्रहरीले घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार गरेका छन् । प्रहरीले मृतकहरूकाे पहिचान खुलिनसकेकाे बताएकाे छ ।

प्रहरीका अनुसार चालकसहित घाइतेहरूलाई उद्धार गरेर रोल्पा जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया