मुग्लिन । शनिबार साँझबाट अबरूद्ध भएकाे पृथ्वी राजमार्ग अन्तर्गत तनहूँकाे आँबुखैरेनीमा एकतर्फी सडक खुलाइएकाे छ । शनिबार साँझ साढे ६ बजे ऐनापहरामा पहिराे खस्दा राजमार्ग अबरूद्ध भएकाे थियाे ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित ऐनापहरामा अबिरल वर्षाका कारण साँझ ६.३० बजे पहिराे खसेकोमा प्रहरी, स्थानीय आँबुखैरेनी गाउँपालिका तथा सडक डिभिजन कार्यालयकाे प्रयासमा एकतर्फी सडक खुलाइएकाे हाे ।
ट्राफिक प्रहरी कार्यालयले सडककाे पहिराे हटाउने कार्य भइरहेकाे र केहीबेरपछि दुइतर्फी यातायात सञ्चालन हुने जानकारी दिएकाे छ ।

12 Aug 2023