खुदी खाेलाले बगाएर एक बालिका बेपत्ता

बेसीशहर । लमजुङकाे मर्स्याङदी गाउँपालिकामा एक बालिकालाइ खुदी खाेलाले बगाएकाे छ ।  मर्स्याङदी गाउँपालिका वडा नंं ३ खुदी पुरानाे बजार निवासी १२ बर्षकी राेशनी लामालाइ खाेलाले बगाएकाे हाे ।

मंगलबार दिउसाे साथीहरूसंग खुदी खाेलामा पाैडी खेल्न भनि  गएकी ती बालिकालाइ दिउसाे ४ बजेतिर खाेलाले बगाएकाे प्रहरीले जनाएकाे छ । उनीसंग उनका साथीहरू १३ बर्षकी आशा न्यौपाने र १३ बर्षकै बबिता तामाङ पनि खाेलामा पाैडी खेल्न गएका थिए ।

तीनजनामध्ये बबिता खाेलाकाे एउटा ढुंगामा बसेकी थिइन् । राेशनी र आशा खाेलामा पसेका थिए । दुवैलाइ खाेलाले बगाएकाेमा आशालाइ भने खाेलामा माछा मार्दै गरेका स्थानीय हरि सन्यासीले थाह पाएर बचाएका थिए । राेशनीलाइ खाेलाले बगाएर मर्स्याङदीमा पुर्याएकाे स्थानीयले बताएका छन् । 

खाेलामा बगेर बेपत्ता भएकी रोशनीलाई आफन्त, स्थानीयले  प्रहरीकाे सहयाेगमा खाेजी भइरहेकाे छ ।  उनी स्थानीय अमर माविमा कक्षा ६ मा अध्ययनरत रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया