बेसीशहर । कास्कीकाे रूपा गाउँपालिका वडा नंं ३ पाेल्याङफेदीमा सवारी दुर्घटनामा परी साेमबार बिहान एक जनाकाे मृत्यु भएकाे छ ।
पाेखराबाट लमजुङ तर्फ आउँदै गरेकाे ग १ ख ७६८६ नम्बरकाे यात्रुबहाक बस र लमजुङबाट पाेखरातर्फ जाँदै गरेकाे ग १५ प ८४८३ नम्बरकाे माेटरसाइकल आज बिहान पाैने ८ बजे पाेल्याङफेदीमा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी माेटरसाइकलमा सवार लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ६ भाेर्लेटारका अन्दाजी २३ बर्षका विवेक वि.क.काे मृत्यु भएकाे छ । माेटरसाइकलमा सवार दिपेन्द्र वि.क. गम्भीर घाइते भएका छन्। उनकाे गण्डकी अस्पताल पाेखरामा उपचार भइरहेकाे छ ।
दुर्घटनापछि सख्त घाइते भएका दुवै जनालाइ उपचारका लागि गण्डकी अस्पताल पाेखरामा लगिएकाेमा उपचारका क्रममा विवेक वि.क.काे निधन भएकाे कास्की प्रहरीले जनाएकाे छ । अर्का घाइते दिपेन्द्र वि.क. काे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले बसका चालक बिशाल गुरूङलाइ नियन्त्रणमा लिएकाे छ ।