सुन्दरबजार अस्पताललाइ डिएचआईकाे वासिङ मेसिन सहयाेग

डिजिटल होम इन्टरनेशनल (डिएचआई) कम्पनी ललितपुरले सुन्दरबजार नगरपालिकाको वडा नं. ७ तार्कुटारमा रहेको सुन्दरबजार अस्पताललाई रु ७५ हजार  मूल्य बराबरको अटो सिस्टमको वाशिङ मेशिन प्रदान गरेको छ ।

ब्याबसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्पनीले ॐ फर्निचर एण्ड फर्निसिङ सेण्टर सुन्दर बजारका प्रोप्राइटर नवीन श्रेष्ठको समन्वयमा  सुन्दरबजार अस्पताललाई उक्त सहयोग गरेको हो । 

कम्पनीले उक्त सहयोग सुन्दर बजार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद कोइराला , बिशेष अतिथि तथा उपप्रमुख भवानी केसी , सुन्दर बजार नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जयराम रेग्मीको रोहबरमा डिएचआई कम्पनीका डिलर नवीन श्रेष्ठले अस्पतालका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. होम बहादुर  गुरुङलाई हस्तान्तरण गरेका छन् । 

हस्तान्तरण कार्यक्रमका नगर प्रमुख कोइरालाले सुन्दरबजार नगरपालिकाको गहनाको रुपमा रहेको सुन्दरबजार अस्पतालको स्तरोन्नति गर्न नगरपालिका लागि परेको बताउदै आवश्यक सहयोग गर्न नगरपालिका दृढ रहेको बताए । उनले नगर सभामा समेत सुन्दर बजार अस्पतालको भौतिक बिकास , ब्यबस्थापकीय क्षमता अभिबृद्धि, जग्गा प्राप्ति, भवन निर्माण तथा प्रदेश स्तरीय अस्पतालमा स्तरउन्नति गरि ट्रमा सेण्टर स्थापना गर्ने, ब्लड बैक स्थापना गर्ने ,स्वास्थ्य बिमालाई प्रभाबकारी बनाउने नीति लिएको जानकारी दिए ।

नगर उप प्रमुख भवानी के.सीले सुन्दर बजार अस्पतालको सेवालाई प्रभाबकारी बनाउन जहाँ जहाँ छौ त्यहाँ त्यहाँबाट सहयोग गर्नु पर्ने बताउदै सुन्दर बजार नगरपालिका सदैव सरकारी अस्पताल सुन्दर बजार अस्पतालको साथमा रहेको बताइन् ।

सुन्दरबजार नगारपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एबम अस्पतालकाका जग्गा दाता जयराम रेग्मीले अस्पताल २४ सै घण्टा सन्चालन हुनुपर्ने भन्दै वडा र आफ्नो तर्फबाट अस्पतालको बिकास र बिस्तारको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

सुन्दर बजार अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले अस्पतालमा तत्कालै डाक्टर ,ल्याब ,फार्मेसी , रेडियोग्राफर र कप्युटर अप्रेटर स्टाफ भर्ना गर्नु पर्ने बताउदै भिडियो एक्सरे मेसिन र ल्याबका मेसिनहरु शिघ्र खरिद गरिद गरि सेवा बिस्तार गर्न लागिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले लमजुङ जिल्ला अस्पताल र सुन्दरबजार अस्पताल बिच भगिनी सम्बन्ध स्थापना गर्न सम्झौता हुन लागेको पनि जानकारी गराए ।

कार्यक्रममा सुन्दरबजार अस्पतालका मेसु डा. होम बहादुर गुरुङले अस्पतालको तत्कालै गर्नु पर्ने आवश्यकता बिषयमा जानकारी दिदै अस्पतालको सेवा क्षेत्रहरु बढाउन लागि परेको बताए ।

कार्यक्रममा सुन्दर बजार नगरपालिकाका वडा सदस्य मुरली कुमाल , समाजसेवि गेहेन्द्र मिश्र, कानुनी सल्लाहकार सुदर्शन जोशी, लगायतको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया