सुनकाण्डमा भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडाैं । त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद् भएको घट्नामा अनुसन्धान गरिरहेकाे राजश्व अनुसन्धान विभागले विमानस्थलका भन्सार अधिकृतसहित ६ जनालाई पक्राउ गरेको छ।

विभागले आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ,  तथा भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बालाई पक्राउ गरेको हाे । पक्राउ परेका चन्द, ढकाल र श्रेष्ठ शनिबार निलम्बनमा परेका थिए ।

अहिलेसम्मकै ठूलाे परिमाणमा अबैध रूपमा ल्याइएकाे सुन बरामद प्रकरणमा बिभागले एक भारतीय, एक चिनीया नागरिक सहित १० जनालाइ पक्राउ गरेकाे छ ।

बरामद भएकाे सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएकाे छ ।

 

प्रतिक्रिया