दाेर्दीमा निःशुल्क स्वास्थ्य शिविर, ६ सय ६५ ले सेवा पाए

बेसीशहर । लमजुङकाे दाेर्दी गाउँपालिकाकामा शनिबार अायाेजना गरिएकाे स्वास्थ्य शिविरमा ६ सय ६५ जनाले स्वास्थ्य सेवा पाएका छन् ।


लायन्स क्लव अफ लमजुङ, लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यान, दोर्दी गाँउपालिका, एचडिसिएस नमूना सामुदायिक अस्पतालकाे संयुक्त आयोजनमा  शनिवार दाेर्दीमा निःशुल्क स्वास्थ्य शिविर भएको थियाे ।

शिविरमा एचडिएस नमूना सामुदायिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरामी जाँच गरेका थिए । शिविरमा  नौथर सामुदायिक स्वास्थ्य इकाइका स्वास्थ्यकर्मीहरूले सहयाेग गरेका थिए ।



स्वास्थ्य शिविरमा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा, दन्त परीक्षण, मानसिक समस्या भएकालाई मनोबिमर्श, छालारोग, प्यालेटिभ केयर सम्बन्धि परामर्श अन्य सामान्य विभिन्न राेगकाे परीक्षण गरी तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।  



लायन्सकाे नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवाबाट बञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यानका अध्यक्ष शाेभा ठकुरीले जानकारी दिइन् ।


ठकुरीका अनुसार शिविरमा एचडिएस नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा डा. विजय शाह, डा.आशिष गिरी, रामचन्द्र ढकाल लगायत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेका थिए । साे शिविरमा स्त्री रोग सम्बन्धी ६५ जनाकाे परीक्षण भएकाेमा पाठेघरकाे मुखमा घाउ भएका २५ जना, पाठेघरमा मासु पलाएको ३ जना र  १ जनाकाे पाठेघरको  सामान्य जाँच गरिएकाे थियाे ।


त्यस्तै ३ जनाकाे पित्तथैलीमा समस्य देखिएकाे थियाे । शिविरमा ५५ जनाकाे दन्त परिक्षण, २ सय १५ जनाकाे भिडियाे एक्सरे, ९५ जनाकाे रगत परीक्षण,५५ जनाकाे छाला रोग भएका विरामीकाे उपचार गराइएकाे थियाे ।त्यसैगरी १५ जनालाइ मनोविमर्श सेवा र १ सय ३८ जनाकाे सामन्य स्वास्थ्य परीक्षण गरिएकाे थियाे ।

प्रतिक्रिया