मुग्लिन । २८ घण्टा पछि खुलेकाे मुग्लिन सडकखण्डकाे तुइन खाेलामा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान करीब ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक २८ घण्टापछि शुक्रबार साँझ ५ बजे खुलेकाे थियाे । बिहीबार दिउसाेबाट लगातार पहिराे पन्छाएर शुक्रबार बेलुकाबाट अबरूद्ध सडक खुलाइएकाेमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ ।
पहिराेका कारण बिहीबार देखि राजमार्गमा राेकिएका सवारी साधनहरू पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनहरू गन्तव्यतर्फ जाँदै थिए । पुनः पहिराे खसेपछि यात्रुहरूकाे बिचल्ली परेकाे छ ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेकाे छ ।
1 Jul 2023