बेसीशहर, असार २४ । लमजुङकाे बेसीशहर नगरपालिका वडा नंं १ उदीपुरस्थित अँधेरी खाेलामा सुख्खा पहिराेका कारण डुम्रे बेसीशहर चामे सडक अबरूद्ध भएकाे छ ।
मंगलबार बिहानदेखि अँधेरीखाेलामा सडक मुनिबाट सुख्खा पहिराे झरिरहेका कारण सडक अबरूद्ध भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएकाे छ । उक्त स्थानमा सवारी चलाउँदा जाेखिम हुने भएकाले सडक यातायात बन्द गरिएकाे र वैकल्पिक ब्यवस्थाकाे पहल भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
बर्षातका बेला अँधेरी खाेलामा बाढी र पहिराेले दुःख दिने गरेकामा अहिले सुख्खा पहिराेले सडक अबरूद्ध भएकाे हाे । नजिकै उदीपुरकाे देउराली डाँडाकाे पहिराे भने अहिले नियन्त्रणमा छ ।
8 Jul 2025
खबरकुञ्ज