बेसीशहर । लमजुङको बेसीशहर नगरपालिकाका १४ जना किसानहरू उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् ।
बेसीशहर नगरपालिका कृषि विकास शाखाले आईतावार अायाेजना गरेकाे सम्मान कार्यक्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले किसानहरूलाइ पुरस्कारसहित सम्मान गरेका हुन् । कृषि शाखाले कृषि क्षेत्रमा उल्लेखनीय काम गरी ब्यवसायीक बनेका किसानहरूलाइ विधागत रूपमा छनाेट गरी पुरस्कृत गरेकाे हाे । बेसीशहर नगरपालिका कृषि, पशुपंक्षी तथा मत्स्य विकास शाखाका अनुसार तरकारी खेतीतर्फ ५, भैंसीपालनतर्फ ४, बाख्रापालनतर्फ २, मौरीपालन, कफि खेती र डाले घास तर्फ १/१ किसान पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुनेमा तरकारी खेती तर्फ बेसीशहर २ का सविना श्रेष्ठ, वडा नं. ५ का गजमान गुरुङ, वडा नं. १० का वडा नं. १० का बैशबहादुर गुरुङ र मदन बहादुर भण्डारी, वडा नं. ११ का दिपेन्द्र विष्ट छन् । बाख्रापालन तर्फ वडा नं. १ का चिजामाया गुरुङ र बेसीशहर ५ का सन्तबहादुर तामाङ पुरस्कृत भए । भैँसी पालन तर्फ वडा नं. २ का राधिका खत्री, वडा नं. ३ का विष्णुमाया अधिकारी, वडा नं. १० का सोमबहादुर गुरुङ र वडा नं. ६ का मधुराम रिमाल पुरस्कृत भए ।
त्यसैगरि कफि खेति तर्फ वडा नं. ७ का गंगा अधिकारी, मौरीपालन तर्फ वडा नं. ४ का अशोक गुरुङ र डाले घास तर्फ वडा नं. २ का डिलमाया रानाले उत्कृष्ट भइ पुरस्कार पाए । पुरस्कृत किसानहरूलाई जनही नगद १० र सम्मानपत्र दिएर सम्मान गरिएकाे थियाे ।
सम्मान तथा पुरस्कार वितरण गर्दै मेयर अर्यालले किसानहरुको मनोबल बढाउन नगरपालिकाले सम्मान र पुरस्कारकाे वातावरण बनाएकाे भन्दै ब्यवसायीक रूपमा लागि परे कृषि कार्यबाट पनि सफलता पाउन सकिने बताए ।