मुस्ताङकाे कागबेनीमा भीषण बाढी, प्रहरी चाैकीसहित १५ घर बगायाे

पाेखरा । मुस्ताङमा गएरातीको बाढीले १५ घर बगाएकाे छ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा कागखाेलामा आएको बाढीले १५ घरसहित एउटा निर्माणाधीन पक्की माेटरेबल पुल र प्रहरी चौकी समेतबगाएको हाे ।

गएराति आठ बजेतिर कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ । कागखाेलाकाे बाढी बस्तीमा पसे कागवेनी र माथिल्लाे मुस्ताङकाे सडक सम्पर्कसमेत टुटेको छ ।

बाढी बस्तीमा पस्न थालेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका टोलीको सहयोगमा स्थानीयलाई सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले बताए । अहिले त्यहाँ नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, जनप्रतिनिधि र कर्मचारीहरुको टोली कागबेनी क्षेत्रमा उद्धार र राहतमा खटिएका छन् ।

प्रतिक्रिया